राजबिराज, २२ असोज । सप्तरीका मुख्य निर्वाचन अधिकृत हेमन्त रावलले प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन स्वक्ष, निष्पक्ष सम्पन्न गराउन सबैको सहयोग अपरिहार्य रहेको बताउनु भएको छ ।
शनिवार राजबिराज स्थित मुख्य निर्वाचन अधिकृतको कार्यालय द्वारा सञ्चारकर्मीहरू सँग आयोजित अन्तरक्रिया कार्यक्रममा सो कुरा बताएको हो । उनले भने सप्तरीको चुनाव सफल बनाउन सञ्चारकर्मीहरू को भूमिका ठुलो रहेको, तथ्यमा आधारित समाचार सम्प्रेषण गरी चुनाव सम्पन्न गराउन भूमिका निर्वाहका लागि आग्रह गरेका छन् ।
निर्वाचन आयोगको तालिका अनुसार असोज २३ गते उम्मेदवारको मनोनयन पत्र दर्ता गर्ने कार्यक्रम रहेकोले सञ्चारकर्मीहरूलाई सहजै सूचना, समाचार संकलन गर्न वातावरण मिलाएको बताए ।
मंसिर ४ गते प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचनमा सञ्चारकर्मीहरूलाई आ आफ्नो मिडियाको प्रेस कार्ड झुन्डाएर मतदान स्थलमा सूचना संकलन गर्न आग्रह गरेका छन भने मतगणना हुने स्थान बाट मतपरिणामको ताजा अपडेट अनलाइन मार्फत गरिने व्यवस्थापन मिलाएको बताए ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापा, प्रदेश २ निर्वाचन कार्यालय सहायक मतदान अधिकृत कुमार मास्के, सप्तरी प्रहरी प्रमुख अभिनारायण काफ्ले, जिल्ला निर्वाचन अधिकारी रमेश जोशी लगायत संचारकर्मिहरूको उपस्थिति रहेको थियो ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |