राजविराज, २७ असोज । सप्तरीमा कार्यरत सशस्त्र प्रहरी सहायक निरीक्षक सत्यनारायण यादव हत्या प्रकरणमा बोर्डर आउट पोस्ट (बिओपी) छिन्नमस्तामा कार्यरत सशस्त्र जवान होमबहादुर खत्री पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डीएसपी नरेशकुमार सिंहका अनुसार सशस्त्र जवान खत्रीलाई अनुसन्धान को लागी पक्राउ गरिएको बताए ।
गत बिहीवार दिउँसो सीमावर्ती भारतको बिहार राज्य अन्तर्गत मधुबनी जिल्लाको जिरोगा ग्राम पञ्चायत अर्नामा स्थित घोरदह खोलामा असई यादव मृत भेटिएका थिए ।
यसै घटनापछि हिजो बुधवार सशस्त्र प्रहरी प्रधान कार्यालयले राजविराजस्थित सशस्त्र प्रहरी गण नम्बर ६ का गणपति सशस्त्र प्रहरी उपरीक्षक (एसपी) प्रदीप खड्कालाई हेडक्वार्टर तानेको छ ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |