राजबिराज, ३१ असोज । समाजलाई अझ सबल बनाई समाजको रूपान्तरण गरी विकास र परिवर्तनलाई प्रभावकारी बनाउनुपर्नेमा सहभागीहरूले जोड दिएका छन् । सोमवार राजबिराजमा सबल नेपालको १७ वार्षिक साधारण तथा आब २०७९/ ८० को वार्षिक कार्यक्रम र आ.व २०७७/७८ को वार्षिक प्रगति प्रतिवेदन कार्यक्रममा सो कुरा बताईएको हो ।
कार्यक्रममा प्रमुख अतिथि नेपाल पत्रकार महासंघ सप्तरीका अध्यक्ष श्रवण देवले सबल नेपालले पिछडिएको समुदायको परिवर्तन, बिकास, सरसफाई र उत्थानमा पुऱ्याएको योगदानको प्रशंसा गरेका छन् । उनले भने सबल नेपालले स्वास्थ्य, शिक्षा, सरसफाइमा पुऱ्याएको योगदानको चर्चा गर्दै समाजको अझ परिवर्तन गरी जिल्लाको उत्थान र विकासमा टेवा पुऱ्याउन फराकिलो दायरा बनाउनुपर्नेमा शुभकामना दिए ।
त्यस्तै गैसस महासँघका केन्द्रिय बरिष्ठ उपाध्यक्ष ध्रुव देवले समुदायको परिवर्तन र उत्थान विकासमा पुऱ्याएको योगदानको प्रशंसा गरेका थिए । यसैगरी जिल्ला शिक्षा बिकास तथा समन्वय ईकाई प्रमुख राजदेब यादबले बिधालयमा बिधार्थीको भर्ना दर बढेकोले शिक्षण सिकाईलाई प्रभावकारी बनाई गुणस्तरिय शिक्षामा जोड दिनुपर्नेमा बताउनु भयो । उनले भने १८ वटै पालिकामा स्वास्थ र शिक्षाको बिकासलाई प्रभावकारी बनाई सबल नेपालले बिस्तार गर्नुपर्ने शुभकामना दिए । कार्यक्रममा नेपाल पत्रकार महासँघ केन्द्रीय सदस्य ललिता साहले समाजिक रूपान्तर बनाउन सबल नेपालले गरेको योगदानको प्रशंसा गरेकी छिन ।
उनले भने स्वास्थ,शिक्षामा क्षेत्रमा ल्याएको योजना अतुल्निय रहेको चर्चा गर्दै भने समाज परिवर्तनमा अझ उचाई पुग्ने शुभकामना दिए । सबल नेपालका अध्यक्ष जुना गिरीले समुदायका ब्यक्तीहरूमा सरसफाई प्रतिको बुझाईलाई अझ बढाउन पुर्ण सरसफाई कार्यक्रम संचालनलाई निरन्तरता गर्ने लक्ष्य रहेको बताईन ।
उनले भने जिल्लाको सुरूगां र खडक नगरपालिकालाई बालविवाह मुक्त पालिका बनाउन आबश्यक पहल गर्ने, पुर्ण सरसफाई युक्त पालिका बनाउन आबश्यक पहल गर्ने बताईन । त्यस्तै युवा लक्षित कार्यक्रम सँगै जिल्लाको खस्क्दो खेलकुदको अबस्थालाई सुधारको सम्बन्धित निकाय सँग आबश्यक पहल तथा सहकार्य गर्ने लक्ष्य रहेको बताइएको छ ।
युवा लक्षित कार्यक्रमलाई प्रभावकारिता दिन नेपाल प्रहरी सँग समन्वय गरी कार्यक्रम संचालन गरिने र समुदाय र प्रहरी बिच अझ सुमधुर पार्न आबश्यक सहकार्य गरिने बताउनु भयो । प्रेस स्वतन्त्रा सेनानी बैधनाथ झाले सबल नेपाललाई सश्कत बनाई समाजको उधान,परिर्वतन र बिकासमा टेवा पुग्ने शुभकामना दिनु भयो ।
सबल नेपालका अध्यक्ष जुना गिरीको अध्यक्षतामा आयोजित बार्षिक साधारण सभामा गैसस महासँघका बरिष्ठ उपाध्यक्ष ध्रुव देव, सप्तरी गैसस पुर्व अध्यक्ष श्यामकान्त चौधरी, ईन्सेक प्रतिनिधि मनोहर पोखरेल, समाजसेवी ई। सुर्य नारायण यादब,खडक नगरवाल संजालका निरज साह लगायतले शुभकामना मन्तब्य दिएका थिए भने कार्यक्रमका संचालन सबल नेपालका आयुष श्रेष्ठले गरेका थिए भने कार्यक्रममा स्वागत मन्तब्य असोक साहले दिएका थिए।
सेभद चिल्ड्रेनको सहयोगमा सबल नेपालले जिल्लाको खडक नगरपालिका र सुरूगां नगरपालिकामा सुमन्नती कार्यक्रम अन्तर्गत बिधालयको शिक्षाको गुणस्तरमा सुधार, बिधालय भर्ना दरमा बृद्वि, समुदायको क्षमतामा अभिबृद्वि, समुदायको जिविकोपार्जनमा सहयोग, यौन तथा प्रजनन स्वास्थ शिक्षा सम्बन्धी कार्यक्रम गर्दै आएको छ । सबल नेपालले यस बर्ष २०७९/८० मा १८ करोड ७१ लाख ९४ हजार बराबरको अनुमानित खर्च बिवरण प्रस्तुत गरिएको थियो ।
समुन्नती कार्यक्रम अन्तर्गत यस बर्ष ६ करोड १६ लाख ४ हजार ९ सय २५ रूपैया बराबरको खर्च बिवरण प्रस्तुत गरिएको थियो।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |