राजबिराज, ४ कार्तिक । सुरुंगा नगरपालिका मधेश प्रदेश र सप्तरीको पहिलो बालविवाह मुक्त नगर घोषणा हुने भएको छ ।
पछिल्लो नगरको वडा ५, १० र ११ नम्वर वडा बालविवाह मुक्त वडा घोषणा भए सँगै सुरुंगा नगरपालिका बालविवाह मुक्त नगर घोषणा हुने लागेको हो ।
नगर प्रमुख गिता चौधरीले नगरको ११ वटै वडामा बालविवाह मुक्त वडा घोषणा गर्ने सुचकहरू पूरा गरेपछि नगरलाई तिहार पछि बालविवाह मुक्त नगर घोषणा गर्ने बताइन ।
सूरूगां नगरपालिकाको समन्वयमा सबल नेपाल र सेभद चिल्डेन सहयोगमा समुन्नती कार्यक्रम अन्तर्गत नगरको प्रत्येक वडामा गरिएको घरधुरी सर्वेक्षण अनुसार प्रत्येक वडामा बालविवाह मुक्त नगर घोषणा गर्ने सुचक पूरा गरेपछि बालविवाह मुक्त नगर घोषणा गर्न लागेको कार्यक्रम संयोजक रोशन मण्डलले बताए ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |