राजबिराज, ४ कार्तिक । नेपाल पत्रकार महासंघ शाखा सप्तरीले शुभ दिपाली एवं छठ पर्वको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम आयोजना गरिएको छ । शुक्रवार राजबिराज स्थित शाखाको सभाहलमा आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा संचारकर्मिहरूले पत्रकार तथा पत्रकारिताको विकासका लागि एकजुट हुनुपर्नेमा जोड दिए ।
कार्यक्रममा पूर्व केन्द्रीय सदस्य तथा शाखा पूर्व अध्यक्ष शम्भु कुमार झाले पत्रकार र पत्रकारिता विकासका लागि सरकार गम्भीर हुनुपर्ने बताए । पत्रकारिता क्षेत्र अहिले पनि जोखिम रहेकोले पत्रकारको सुरक्षाको ग्यारेन्टी र पेशागत हकअधिकारका लागि राज्य गम्भीर हुनुपर्ने बताए ।
बरिष्ठ पत्रकार अनिल अनलले पत्रकारिता क्षेत्रमा देखिएको विकृति लाई अन्त गरी स्वक्ष, मर्यादित पत्रकारिताको विकासमा जोड दिए ।
शाखा अध्यक्ष श्रवण देवको अध्यक्षतामा आयोजित कार्यक्रममा आमसंचार प्राधिकरण अध्यक्ष श्यामसुन्दर यादब, पूर्व केन्द्रीय सदस्य अबधेश झा, पूर्व अध्यक्ष बैधनाथ झा, मुरली यादब, बिष्णु कुमार मण्डल, बरिष्ठ पत्रकार गणेशलाल देव, सुधा देव, सतिश दत, अनिल अनल, डम्वर राई लगायतले शुभकामना दिएका थिए भने स्वागत मन्तव्य बैधनाथ यादब र समापन मन्तव्य दिए भने कार्यक्रम संचालन शाखा सचिव रामनारायण बिश्वासले गरेका थिए ।
मधेश प्रदेश सरकार अन्तर्गत अर्थ मन्त्रालयको सहयोग र सहकार्यमा पहिलो पटक रु. २५ लाख र दोस्रो पटक रु. ६० लाख गरी जम्मा रु. ८५ लाखको लगतमा नेपाल पत्रकार महासंघ शाखा सप्तरीको ८ कोठे अत्याधुनिक सुविधा युक्त अतिथि सदनको समेत छत ढलान गरिएको छ ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |