राजबिराज,४ कार्तिक । गुणस्तरीय शिक्षा, स्वास्थ्य, बालविवाह न्यूनिकरण गर्ने तर्फ जनप्रतिनिधिहरू गम्भीर हुनुपर्नेमा बालबालिकाहरूले जोड दिएका छन ।
सेभ द चिल्ड्रेन सँगको साझेदारीमा सवल नेपाल द्धारा संचालित सिडा प्रोजेक्ट द्धारा आज सूरुङ्गा नगरपालिका अन्तर्रगतको वडा नं ५ कुशहाको कभर्डहलमा बाल सम्बाद ९बाल कचहरी० कार्यक्रममा सो कुरा बताएको हो ।
उनीहरूले विद्यालयमा शिक्षण सिकाइ लाई अझ प्रभावकारी बनाई गुणस्तरीय शिक्षालाई मजबुत बनाउन जनप्रतिनिधिहरूले जिम्मेवार हुनुपर्नेमा बालबालिकाहरूले जोड दिए ।
मुख्यरूपमा समाजमा भइरहेको बालबिबाह, कुलतमा भसेका, विद्यालय तथा स्वास्थ्य व्यवस्थापन, गुणस्तरीय शिक्षा तथा सेवा आदि बारे स्थानीय निकायको भूमिका तथा जिम्मेवारी बारे लगायतका प्रश्नहरू जनप्रतिनिधिहरू सँग सहभागि बालबालिकाहरूले संवाद गरेको सबल नेपालका कार्यक्रम संयोजक रोशन मण्डलले जानकारी दिए ।
सूरुङ्गा नगरपालिका नगर बाल संजालका अध्यक्ष सुस्मिता राउत को अध्यक्षतामा एवं नगर उपप्रमुख रुद्र बहादुर काकी ज्युको प्रमुख अतिथिमा संचालन भएको उक्त कार्यक्रममा विभिन्न वडाका वडा अध्यक्षज्युहरु, नगरपालिका अन्तर्गत विभिन्न शाखाका शाखा प्रमुखहरू, विभिन्न विद्यालयका शिक्षकहरु, विभिन्न स्वास्थ्य संस्थाका प्रमुखहरु तथा सबल नेपालका सम्मुनति परियोजना तथा सिडा परियोजनाका कर्मचारीहरु लगायत विभिन्न वडा तथा वालकल्व हरुका १०० भन्दा बढि बालबालिकाहरूको सहभागिता रहेको थियो ।
कार्यक्रममा खुल्ला रुपमा सबाल जवाफ चलेको थियो जसमा बालबालिकाले अधिकांश प्रश्नहरू जनप्रतिनिधिहरू लाई सोधेका थियो ।
बालबालिकाहरूले अधिकांश प्रश्नको जवाफ नगर उप प्रमुख रुद्र बहादुर कार्कीले बालबालिकाहरूले उठाएका प्रश्नको जवाफ दिइदै गुणस्तरीय शिक्षा, बिधालय स्वास्थ्य सुधार प्रति गम्भीर रहेको बताउनु भयो ।
बाल मैत्री समाजको आधार, जिम्मेवार परिवार उत्तरदायी सरकार भने नाराका साथ आयोजना गरिएको उक्त वाल सम्बार कार्यक्रममा कार्यक्रम संयोजक निर बहादुर आले बाट बाल संरक्षण नीति तथा जवाफदेहिता बोर्ड बारे सबैमा जानकारी गराइएको थियो ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |