राजबिराज, १५ कार्तिक । सप्तरीका मिटर ब्याजी रामदेव साह सहित मधेश प्रदेश भरीका मिटर ब्याजीहरु लाई कारवाहीको माग गर्दै मंगलबार सप्तरी सदरमुकाम राजविराजमा मिटरब्याजी संघर्ष समिति सप्तरीद्वारा प्रर्दशन गरेका छन् ।
सैकडाको ३ देखि ६ रुपैयाँ सम्म ब्याजमा ऋण लिएर तिर्न नसकेका तथा तिरेर पनि साहुहरुको नाममा रहेको धितो वापतको घरजग्गा फिर्ता नगरेको सप्तरीमा सयौँ पीडित रहेको छ । उहाँहरूले आफ्नो घरजग्गा फिर्ता पाऊ पैसा तिरेर पनि अदालतमा कागत लगाएर साहुहरुले दुख दिदै आएको सप्तरीको डाक्नेश्वरी नगरपालिका वडा नम्वर ९ पथरगाडा निवासी ४० वर्षीया ललिता देवी साहले भन्नुभयो ।
रामदेव साहलाई पक्राउ गर, प्रशासन विरुद्ध प्लेकार्ड बोकेर नारा लगाउँदै प्रदर्शनकारीहरूले जिल्ला प्रहरी कार्यालय अगाडि प्रर्दशन गरेका छन् । देशैभरी व्याप्त मिटरब्याजको समस्या समाधानको निम्ति सरकारद्वारा गठित मिटरब्याजी समस्या छानविन कार्यदलले काम थालेसँगै सप्तरीको मिटरब्याज पीडितहरूको संघर्ष समितिले सरकारका निकायलाई निरन्तर दवाव दिदै आएको संघर्ष समितिका सचिव छेदिलाल पासमानले बताउँनुभयो ।
सप्तरीमा ११२ जना मिटरब्याजी पीडितहरूले जिल्ला प्रशासन कार्यालयमा निवेदन दर्ता गरेका छन् ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |