राजविराज, १८ कार्तिक । संघीयता सुशासनका लागि नागरिक खबरदारी गर्न नागरिक समाज नेपालद्वारा राजविराजमा शुक्रबार खबरदारी सभाको आयोजना गरिएको छ।
नागरिक सर्वोच्चता कायम गर, राजनीतिलाई व्यापारिकरण बन्द गर, सोच बदलौँ, भोट बदलौँ, जातिवाद नातावाद मुर्दावाद, समाजवाद जिन्दावाद लगायतका नारा लेखिएका प्लेकार्डसहित नागरिक अगुवाहरूले जन अन्दोलन चौक (नेता चौक) मा कोणसभा आयोजना गरे ।
नागरिक अभियन्ता कुमार कलोमन्द्रमको अध्यक्षता तथा मुरारका कलेज लाहनका प्राध्यापक विष्णु नारायणको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रम नागरिक अभियन्ताहरू बलराम यादव, सुर्य नारायण यादव, गौरीशंकर राय लगायतकाले सम्बोधन गरे । उनीहरूले महँगीले नागरिकको ढाड सेकिएको भन्दै आक्रोश व्यक्त गरे ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |