राजविराज, १८ कार्तिक । सप्तरी निर्वाचन क्षेत्र नम्बर २ मा बाम–लोकतान्त्रिक गठबन्धनका उम्मेदवारहरुले आफना पकड कायम गर्न जनताको घरदैलोमा पुगेर भेटघाटलाई तिव्रता दिएका छन ।
बाम–लोकतान्त्रिक गठबन्धबाट सप्तरी क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार जयप्रकाश ठाकुरले आफनो जित सुनिश्चित पार्नका लागि अहिले गाउँदेखि शहर सम्ममा रहेका मतदाताहरूलाई रिझाउनेमा लागेको छ ।
यस क्षेत्रमा जनता समाजवादी पार्टीबाट अध्यक्ष उपेन्द्र यादव र जनमत पार्टीका अध्यक्ष डा। सिके राउतलाई टक्कर दिनका लागि बाम– लोकतान्त्रिक गठबन्धनका तर्फबाट लोसपाका नेता ठाकुर प्रतिस्पर्धामा छन् ।
सप्तरी क्षेत्र नम्बर २ मा दुई जना राष्ट्रिय अध्यक्ष र एक जना केन्द्रिय सदस्य चुनावी मैदानमा उत्रेपछि अहिले सबैको चासो र चर्चाको विषय बनेको हो ।
जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा। सीके राउत पहिलो पटक प्रतिनिधि सभाको निर्वाचनमा उम्मेदवारी दिएका नयाँ अनुहार हुन् भने जसपा अध्यक्ष यादव र लोसपाका केन्द्रीय सदस्य ठाकुर भने पुरानै अनुहारका उम्मेदवार हुन ।
जनमत पार्टी कुनै दल सँग गठबन्धन नगरी एक्लै चुनावी मैदानमा छन् ।
यस्तै सप्तरी क्षेत्र नम्बर २ (२) बाट उमेश यादव बाम–लोकतान्त्रिक गठबन्धनबाट चुनावी मैदानमा छन् । यादव पनि अहिले आफ्नो गठबन्धनको पक्षमा माहोल बनाउनका लागि मतदाताको घर आगन पुग्नमा व्यस्त देखिन्छन् ।
उमेश सँगै यस क्षेत्रमा जनमत पार्टीका उम्मेदवार महेश यादव र एमाले जसपा गठबन्धनबाट लक्ष्मण यादव चुनावी मैदानमा छन् ।
सप्तरी क्षेत्र नम्बर २ (१) मा बाम–लोकतान्त्रिक गठबन्धनबाट लोसपाका सरोज मण्डल चुनावी मैदानमा आफनो पकर बनाईरहेको छ । उनी संगै मधेश प्रदेशका अर्थ मन्त्री शैलेन्द्र साह पनि महोल बनाउनमा घर आगमनमा पुग्न थालेको छ ।
बाम–लोकतान्त्रिक गठबन्धमा रहेका दलहरु काँग्रेस, माओवादी, लोसपा र नेकपा एसका नेता कार्यकर्ताहरु आफनो उम्मेदवारलाई विजयी गराउन मतदाताको घर–घर पुग्न व्यस्त देखिएका छन् ।
लोसपा नेता शम्भु प्रसाद यादवले संघीयतालाई रक्षा गर्दै आफनो स्वभिमानका लागि वाम लोकतान्त्रिक जित्नुको विकल्प नभएको बताए ।
निर्वाचनको समय नजिकिएपछि मतपत्र लिएर जनता माझ वाम लोकतान्त्रिक गठबन्धनका कार्यकर्ता पुगिरहेको नेकपा एकिकृत समाजवादी पार्टीका जिल्ला अध्यक्ष प्रतापनारायण चौधरीले जानकारी दिए ।
३० बैशाखमा सम्पन्न स्थानियतह निर्वाचनको मतको आधारमा पनि बाम–लोकतान्त्रिक गठबन्धनले ३६ हजार ८ सय ९२ मत ल्याएर अगाडी छन् भने एमाले–जसपा गठबन्धनले १९ हजार ६८ मत मात्रै पाएको देखिन्छ ।
सप्तरी निर्वाचन क्षेत्र नम्बर २ मा ५१ हजार ३७ पुरुष, ४४ हजार ३ सय ५५ महिला तथा अन्य गरी कुल ९५ हजार ३ सय ९४ मतदाता रहेका छन ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |