राजविराज, २० कार्तिक । मधेशी आयोगका अध्यक्ष बिजय दत्तले मैथिली भाषा, साहित्य, कला र संस्कृतिलाई जीवन्त राखे मात्र समाजको विकास हुने बताएका छन् ।
राजबिराज २ स्थित मैथिली साहित्य परिषद द्वारा आयोजित विद्यापति पर्वको अवसरमा आयोजित कार्यक्रममा दत्तले मैथिली भाषा जीवन्त भाषा भएकोले भाषाको विकास गर्न सबै एकजुट भएर अगाडि पढ्नुपर्नेमा जोड दिएका छन् ।उनले भने कामकाजको भाषाको रूपमा प्रयोग हुन सकेको छैन्, मैथिली अभियानमा लाग्नुपर्नेमा जोड दिएका छन् ।
कार्यक्रममा मैथिल महिला परिषद संस्थापक अध्यक्ष मिना ठाकुरले मैथिली भाषाको विकास र उजागार गर्न सबै एकजुट हुनुपर्नेमा जोड दिइनँ । उनले भने मैथिली भाषालाई प्रथम भाषा र सरकारी कामकाज भाषाको रूपमा स्थापित गर्न सबै एकजुट हुनुपर्नेमा जोड दिए । उनले भने भाषामा दुई वटा नीति लाई अन्त गरी मातृ भाषा लाई मधेश प्रदेशमा लागू गरी प्रथम भाषाको रूपमा विकास गर्नुपर्नेमा जोड दिइनँ ।
सो अवसरमा शोभा देव स्मृति पत्रकारिता पुरस्कारबाट सप्तरीका पहिलो महिला शिक्षिका बच्ची मिश्र सम्मानित भएका छन् । त्यस्तै लक्ष्मी (विवेक मैथिल पत्रकारिता पुरस्कारबाट सिरहाका पत्रकार अजय साह सिँवाली सम्मानित भएका छन् ।
यसैगरी बिजयेन्द्र (बिनोद कला पुरस्कारबाट देवेन्द्र सोनी सम्मानित भएका छन्। शिबदत स्मृति मैथिली पुरस्कारबाट सिरहा वासी शास्त्रीय गायब गुरुदेव कामैतलाई दोसाला आढोएर नगद पुरस्कार ११ हजार ५ सय वाट सम्मानित भएका छन् ।
उक्त अवसरमा गायक गुरूदेव कामैतले आफ्नो भाषालाई आफै संरक्षण गर्नुमा जोड दिए । उनले मैथिली भाषाको गीतमा लगानी नहुदाँ मैथिल गीत र संस्कृतको विकास नभएको प्रति चिन्ता व्यक्त गरेका छन् ।
मैथिल भाषा र संस्कृतलाई उजागर गरी प्रचार प्रसार गर्नुपर्ने मा जोड दिए । पूर्व अध्यक्ष बिवेकान्द मिश्रले मधेश प्रदेश सरकारको दुई तिहाइबाट सरकार बनेमा मैथिली भाषाको विकास हुने विश्वास व्यक्त गरे ।
मैथिली साहित्य परिषदका अध्यक्ष सतिश कुमार दत्तको अध्यक्षतामा आयोजित कार्यक्रममा मधेशी आयोग सदस्य आभासेतु सिँह, मैथिली साहित्य परिषद उपाध्यक्ष श्यामसुन्दर यादब, पूर्व अध्यक्ष बिवेकान्द मिश्रा लगायतले श्रद्धाञ्जली मन्तन्य दिएका थिए भने कार्यक्रम संचालन भुपेश भुपले गरेका थिए।
उक्त अवसरमा शिब्स स्कुलका भाइबहिनीहरूले मिथिला पहिरनमा राजबिराजको विभिन्न ठाउमा मिथिला झाकी प्रस्तुत गरेका थिए ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |