राजबिराज, २१ कार्तिक । सप्तरीको निर्वाचन क्षेत्र नम्बर २ मा जसपा र एमाले गठबन्धन उम्मेदवारहरूले घरदैलो अभियानलाई तीब्र पारेका छन् । जस अन्तर्गत सोमवार छिन्मस्ता गाउँपालिकामा घरदैलो कार्यक्रम गरेका छन् ।
प्रतिनिधि सभाका उम्मेदवार उपेन्द्र यादब र प्रदेश सभाका उम्मेदवार शैलेन्द्र प्रसाद साहले क्षेत्रमा गरेको विकास कामको प्रभावले जनताले पुनः मत दिन उत्साहित देखिएका छन् । घरदैलो अभियानलाई तीब्र गतिमा अगाडि बढाई रहेका छन् ।
सप्तरीको छिन्नमास्ता गाउँपालिका वडा नम्बर २ रम्पुरामा सोमबार अध्यक्ष यादव मतदातामाझ भोट माग्न पुगेको हो । रामपुरस्थित दलित गाउँमा भोट माग्न पुगेका यादवलाई मतदाताहरूले जितको शुभकामना दिए ।
रम्पुराका परमेश्वर सदाले देशमा गरिबी बेरोजगारी अन्त्यका लागि उपेन्द्रले गरेको योगदानको कदर हुने बताए । पाँच वर्षभित्र सडक, विजुली, पुल गाउँको विकासमा केही सकारात्मक कार्य भएको छ, सदाले भने, दलित समुदायको लागि कुनै त्यस्तो नयाँ उल्लेखनीय काम भएको छैन ।
दलित समुदायको जीवनशैलीमा खासै परिवर्तन नभएपनि केही गर्ला भन्ने आशा भने मरी नसकेकोले गाउँबासीकै पूर्ण रुपमा समर्थन रहने बताए । स्थानीय बृहस्पति साहले जसपा उम्मेदवार यादव र प्रदेश सभा सदस्यका उम्मेदवार शैलेन्द्र साहले जित्नुपर्ने आवश्यकता रहेको बताए ।
जसपाका उम्मेदवारहरूलाई अग्रिम बधाई दिन्छु, उनले भने, मधेश र मधेशीका अधिकार सुनिश्चितताको लागि दुबै उम्मेदवारहरूको अनिवार्य खाँचो छ, पहिले पनि भोट दिएर जिताएकै हो एकपल्ट पनि सहयोग गर्छौ ।
घरदैलो कार्यक्रममा प्रदेश सभा सदस्यका उम्मेदवार शैलेन्द्र प्रसाद साहसमेत सहभागी थिए । घरदैलो अभियानमा रहेका यादव र साहलाई स्थानीयले ठाउँठाउँमा फूलमालाले स्वागत गरेका थिए । अध्यक्ष यादव र साह दोश्रो कार्यकालका लागि चुनावी मैदानमा छन् ।
उक्त क्षेत्रमा बाम–लोकतान्त्रिक गठबन्धनबाट जय प्रकाश ठाकुर र जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त राउत ९सिके राउत० चुनावी प्रतिस्पर्धामा छन् ।यसैगरी प्रदेश सभामा बाम लोकतान्त्रिक गठबन्धनबाट सरोज कुमार मण्डल र जनमत पार्टीबाट सतिश कुमार सिंह प्रतिस्पर्धामा छन् ।
सबै उम्मेदवारहरूले मतदातालाई रिझाउन निरन्तर घरदैलो अभियानलाई तिव्रता दिएका छन् ।
मधेश प्रदेशका अर्थ मन्त्रीले क्षेत्रमा पक्की सडक, सामुदायिक भवन, मस्जिद मदरसा लगायत वर्षौ देखि नभएका काम गरेकाले आफुहरू पुनः उपेन्द्र यादब र शैलेन्द्र साहलाई भोट दिने बताए ।
सप्तरी क्षेत्र नम्बर २ को स्वास्थ, शिक्षा र रोजगारी ग्यारेन्टी गर्दै मुहार फेर्ने प्रतिवद्धता सहित गठबन्धन बनाई चुनावी मैदानमा संयुक्त रुपमा होमिएको उम्मेदवारहरु बताउ छन् ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |