राजबिराज, ११ मंसिर । राजबिराज-हनुमानगर सडक खण्ड अन्तर्गत राजबिराजको तेतरी गाछी नजिक रहेको भलुवाही पुलमा रेलिंग नहुँदा जोखिम बढेको छ ।
नेपाली सेना ब्यारेक नजिक रहेको उक्त भलुवाही पुलमा बर्षो देखि रेलिंग जिर्ण हुँदा सर्वसाधारणले ज्यान जोखिम मोलेर आवतजावत गर्न बाध्य छन् ।
पुलको दुबै साईड मा रहेको रेलिंग जीर्ण भएपछि उक्त रेलिंगलाई भत्काएपछि जोखिम बढेर गएको स्थानीय बिजय साहले बताए ।
रेलिंग भत्काएर नयाँ रेलिंग लगाउन भनिएपनि अहिले लगाएको छैन, उनले भने राती हिड्ने सर्वसाधारणको लागि ठुलो घटना हुन सक्ने देखिन्छ ।
यता सम्बन्धित निकायले उक्त भलुवाही पुलमा भत्काएको रेलिंग नबनाएको कारण कुनै बेला पनि दुर्घटना हुन सक्ने स्थानीय भागवत साहले गुनासो गरे ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |