सप्तरी, १४ मंसिर । सुरुंगा नगरपालिका मधेश प्रदेश र सप्तरीको पहिलो बालविवाह मुक्त नगर घोषणा ०७९ गरिएको छ ।
नगरको वडा १ देखि ११ नम्बर सम्मको वडालाई वडा बालविवाह मुक्त वडा घोषण गर्ने सूचक पुरा गरेपछि सुरुंगा नगरपालिका बालविवाह मुक्त नगर घोषणा गरिएको हो ।
सप्तरी निर्वाचन क्षेत्र ४ का नव निर्वाचित प्रतिनिधि सभा सदस्य तेजुलाल चौधरीले घोषणा पत्र प्रस्तुत गर्दै सुरुंगा नगरपालिकालाई बालविवाह मुक्त नगर घोषणा गर्नु भयो ।
सुरुंगा नगरपालिकाको आयोजना तथा सेभद चिल्ड्रेन र सबल नेपाल सहयोगको आयोजित घोषणा कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत गजेन्द्रनाथ शर्माले बालविवाह मुक्त नगरपालिका घोषणा प्रतिवेदन प्रस्तुत गरेका थिए ।
प्रस्तुत गरिएको प्रतिवेदनमा नगरको ११ वटै वडामा बालविवाह मुक्त वडा घोषणा गर्ने १४ वटा सूचकहरू पूरा गरेपछि घोषणा गरिएको अधिकृत शर्माले बताए ।
सुरुंगा नगरपालिकाको बालविवाह मुक्त अभियान संचालन निर्देशिका २०७९ अनुसार घरदैलो अभियान मार्फत बस्ती तथा वडाका सबै बालबालिका, किशोरकिशोरी र अभिभावकहरूलाई बालविवाहका विषयमा जनचेतना कार्यक्रम गर्दै सचेत गराई बालविवाह हुन नदिन र कदाचित भएमा कानुनी प्रक्रिया अवलम्बन गर्ने सहितका सूचक पूरा गरेपछि घोषणा गरिएको नगर प्रमुख गिता चौधरीले बताइनँ ।
प्रतिवेदनमा बि।स ०७८ मंसिर देखी ०७९ कार्तिक सम्म वडा १ देखि ११ सम्ममा जम्मा विवाह ३ सय ३५ भएको र त्यस मध्ये १८ वर्ष मुनीको १ वटा विवाह तथा २० वर्ष मुनीका १८ वटा विवाह मात्र भएको सूचक अनुसार ५ प्रतिशत बालविवाह मात्र देखिएकोले ९० प्रतिशत सूचक पूरा गरेपछि घोषणा गरिएको प्रशासकीय अधिकृत गजेन्द्रनाथ सिँहले जानकारी दिए ।
कार्यक्रममा नवनिर्वाचित प्रदेश सभा सदस्य अनिरूद्ध प्रसाद सिँह यादब, प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापा जिल्ला वन कार्यालय प्रमुख हेमन्त साह, पूर्व नगरप्रमुख मुक्तीनाथ चौधरी, सेभद चिल्ड्रेन क्षेत्रिय प्रबन्धक प्रकाश आचार्य, नेपाल पत्रकार महासंघ पूर्व केन्द्रीय अबधेश झा,सबल नेपालका अध्यक्ष जुना गिरी, निर्देशक दिपक झा, लगायतले शुभकामना मन्तव्य दिएका थियो भने कार्यक्रम संचालन भोगेन्द्र यादबले गरेका थिए ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |