राजबिराज, २४ मंसिर । प्रत्येक वर्ष झै यस वर्ष पनि सप्तरी क्रिकेट विकास प्रतिष्ठान द्वारा जिल्ला स्तरीय अन्तरविद्यालय टि ट्वान्टी क्रिकेट प्रतियोगितालाई निरन्तरता दिइदै पुस २ गते देखि गर्ने भएको छ ।
शनिवार राजबिराज स्थित स्वेडेक को भवनमा आयोजित प्रतिष्ठानको बैठकले तेस्रो वर्षको प्रतियोगितालाई यस वर्ष पनि जिल्लास्तरीय प्रतियोगितालाई निरन्तरता दिइने निर्णय गरेको हो ।
सो अवसरमा प्रतिष्ठानका अध्यक्ष इन्जिनियर इन्द्र नारायण देवले नवयुवाहरू लाई क्रिकेट तर्फ अग्रसर गराउन र क्रिकेटलाई व्यवसाय मुखी बनाउन उद्देश्यले तीन वर्ष देखि प्रतियोगिता गर्दै आएको बताउनु भयो ।
उनले भने पुरूष सँगै महिलाहरूलाई पनि सशक्तीकरण गर्न उद्देश्यले महिला क्रिकेटको विकास सँगै खेलाडी उत्पादन गरी प्रतिभाहरूलाई उजागर गर्ने लक्ष्य रहेको बताएका छन् ।
चाडै बिधालय स्तरमा महिला खेलाडी उत्पादन गर्नका लागि स्कुलहरूमा छात्राहरूलाई क्रिकेट प्रशिक्षण सँगै महिला क्रिकेट प्रतियोगिता समेत गर्ने कार्यक्रम रहेको अध्यक्ष जानकारी दिए ।
सो अवसरमा राजबिराज वडा ६ का वडा अध्यक्ष शशी चौधरीले क्रिकेट खेल मैदानको अभावका कारण खेलकुदको गतिविधिमा प्रभाव पारेकोले खेलमैदानको उचित व्यवस्थापन गर्नका लागी सरोकारवाला निकाय गम्भीर हुनुपर्नेमा जोड दिए ।उनले भने महिला क्रिकेट खेलाडीहरूको लागि खेलकुदको वातावरण बनाएर खेलकुदको गतिविधि र विकास तर्फ सबै एकजुट भएर सहयोग गर्नुपर्ने बताए ।
सो अवसरमा राजबिराज नगरपालिका वडा ६ का नवनिर्वाचित वडा अध्यक्ष शशी कुमार चौधरीलाई स्वेडका अध्यक्ष मिरा देव र प्रतिष्ठानका अध्यक्ष इन्द्र नारायण देवले फुलमाला, अबिरलाई स्वागत र सम्मान गरेका छन् ।
उक्त अवसरमा स्वेडकका अध्यक्ष मिरा देवले क्रिकेट प्रतिष्ठानको गतिविधि संचालन गर्नका लागि स्वेडक भवनमा एउटा कोठा उपलब्ध गराउने प्रतिबद्धता गरेकी छिन ।
सो अवसरमा नागरिक समाजका अध्यक्ष तथा क्रिकेट प्रतिष्ठानका सल्लाहकार थानसिंह भन्साली, बिजियान्नद झा, सबल नेपालका निर्देशक दिपक झा, शिब्स स्कुलका संचालक नरेश प्रताप साह, सप्तरी क्रिकेट सँघका उपाध्यक्ष धर्मेन्द्र चौधरी, सचिव चन्दनकुमार यादब, अम्पायर सँघका अध्यक्ष निरज सिँह लगायतको सहभागिता रहेको थियो ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |