राजबिराज, २७ मंसिर । तोकिएको मूल्य भन्दा बढी मूल्यमा मलखाद बिक्रि गरिरहेको आरोपमा दिघवावाट एकजनालाई पक्राउ गरेको छ ।
मंगलबार गोप्य सूचनाको आधारमा प्रहरीले किराना पसलको अनुमति लिएर मलखादको अवैध कारोबार तथा कालोबजारी गर्ने गरेको आरोपमा राजबिराज नगरपालिका वडा नं. १० दिघवा निवासी १९ वर्षीय राज कुमार दासलाई पक्राउ गरेको हो ।
पसलमा खानतलासी गर्दा नेपाल सरकारबाट अनुदानित रासायनिक मल अंकित खेती शक्ति मल लेखिएको ५० के।जी।को युरियाको बोरा ३५ थान बरामद गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीका सूचना अधिकारी एवं डीएसपी नरेश कुमार सिंहले जानकारी दिए ।
यता पक्राउ परेका दासलाई कालो बजार अन्तर्गत मुद्दा दर्ता गरी जिल्ला प्रशासन कार्यालय सप्तरीमा उपस्थित गराई पहिलो पटक सात दिनको म्याद थप गराई घट्ना सम्बन्धमा थप अनुसन्धान कार्य भई रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |