राजबिराज, ०१ पौष । राजविराज नगरपालिकाले मधेश आन्दोलनका क्रममा ज्यान गुमाएका नगर क्षेत्रभित्रका शहिद परिवारलाई जीवन निर्वाहका लागि मासिक ५ हजार १ सय रुँपैया सहयोग उपलब्ध गराएको छ ।
शुक्रबार सम्ममा उक्त सहयोग राशि पाउने शहिद परिवारको संख्या ३ पुगेको छ ।मधेश आन्दोलनका क्रममा प्रहरीको गोली लागेर शहिद भएका परिवारले मासिक ५ हजार १ सय रुपैयाँ सहयोग स्वरुप पाउन थालेका हुन् ।
मासिक ५ हजार १ सयका दरले शहिद परिवारलाई जीवन निर्वाह भत्ता प्रदान गर्ने निर्णय अनुसार सहयोग राशि वितरण कार्य सुरु गरिएको छ ।
उक्त सुविधा प्राप्त गर्न शहिद परिवारले शहिद प्रमाण पत्र, नागरिकता प्रतिलिपी, नाता प्रमाणित र सम्बन्धित वडा कार्यालयको सिफारिस लगायतका कागजात पेश गर्नुपर्ने प्रावधान राखिएको छ ।
नगरसभाको पहिलो बैठकबाटै निर्णय भए बमोजिम गत साउन महिनादेखिकै मासिक भत्ता जोडेर सहयोग राशि प्रदान गर्न थालिएको राजविराज नगरपालकाकी कार्यवाहक नगर प्रमुख इसरत प्रविणले जानकारी दिइन् ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |