राजबिराज, ३ पुस । विष्णुपुर गाउपालिका वडा ६ स्थित गोरगामाका दलित बस्तीका लागि कृषि ब्यबसाय (तरकारी) खेती फलदायी बनेको छ ।
युरोपियन युनियनको आर्थिक सहयोग, आसमान नेपालको नेतृत्वमा तथा दलित सरोकार मंच द्वारा संचालित नागरिक सक्रियता परियोजना अन्तर्गत संचालित दलितका लागि आयमूलक तरकारी खेती प्रभावकारी बन्दै गएको हो ।
परियोजनाले २०७८ पुस देखि १५ कठ्ठा जग्गा लिजमा दिएर प्रोत्साहित गरेपछि उनीहरूलाई तरकारी खेती भिन्डी, वोडी, साग, खुर्सानी, मुला, टमाटर, करेला, कोबी, लगायतको खेतवारी वाट ३० हजार सम्मको आम्दानी गरेको जानकी देवी सदाले बताइनँ, उनले भने हामीहरू पहिला ईट्टा भट्टामा काम गर्न जानु पर्दथ्यो, अहिले दलित सरोकार मंचले लिजमा जग्गा उपलब्ध गरापछि आफ्नै व्यवसाय गरी तरकारी खेतीबाट राम्रो आम्दानी हुने गरेका बताइनँ ।
गाउपालिका र वडा कार्यालयले दलितहरूको लागि कृषि ब्यबसाय ,तरकारी खेतीमा सहयोग गरिदिएमा अझ प्रभावकारी हुने लक्ष्मी कृषक युवती समूहकी सदस्य शिव कुमारी सदाले बताइनँ ।
यता बिष्णुपुर गाउपालिका वडा ६ का अध्यक्ष प्रमानन्द यादबले दलितहरूको कृषि व्यवसायलाई व्यवस्थित बनाउन बिधुत मिटर जडानमा सहयोग गरेको र आउने दिनमा खेतबारीको घेराबेरा गर्नका लागि सहयोग गर्ने प्रतिबद्धता गरे ।
आइतबार दलित सरोकार मंचले नागरिक सक्रियता परियोजना गतिविधिहरूको संयुक्त समीक्षा तथा अनुगमनक्रम मा बिष्णुपुर वडा ६ को गोरगामाको तरकारी खेतीको निरीक्षण गर्ने क्रममा सहभागीहरूले सो कुरा बताएका छन् ।
बिष्णुपुर गाउँपालिकाको जनप्रतिनिधि तथा चलचित्रकर्मीहरूको संयुक्त अनुगमन टोलीले बिष्णुपुर गाउपालिका वडा ७ मा महिला समुहको छलफल र पीडित उत्थान युवा क्लब तथा वडा ४ को सवरी युवा क्लबमा संवाद केन्द्र र कक्षा लगायत गतिविधिहरूको अवलोकन समेत गरिएको दलित सरोकार मंचका राजकुमार पासवानले जानकारी दिए ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |