राजबिराज, ४ पुष । दलित, विपन्न, सिमान्तकृत समुदायलाई सशक्तीकरण गर्न शिक्षामा पहुँच पुरयाउनुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन् ।
नागरिक सक्रियता परियोजनाले सिकाई, उपलब्धी, तथा असल अभ्यास अनुभव प्रस्तुतिकरण वारे महादेवा गाउपालिका सँग आदान प्रदान कार्यशाला गोष्ठीमा सो कुरा बताएको हो ।
दलित सरोकार मचक संयोजक राजकुमार पासवानले सामाजिक रूपले पछाडि परेका तथा आर्थिक गरिब नागरिकहरूलाई सरकारी सेवाहरूमा पहुँच तथा सक्रिय तवरले समावेशी तरिकाले स्थानीय विकास प्रक्रियाहरूमा सहभागी गराउन उद्देश्यले कार्यक्रम गर्दै आएको बताए ।
४ वर्षमा परियोजनाले जिल्लाको राजगढ गाउपालिका र बिष्णुपुर गाउँपालिकाका नागरिक सक्रियता परियोजना अन्तर्गत अन्तिम चरणमा रहेको कार्यक्रममा डोम, मुसहर, मुस्लिम लक्षित समूह गठन गरी संवाद कार्यक्रम गर्दै आएको बताए ।
उनले भने स्थानीय तहमा दलित समुदायको पहुँच पुर्याउन, नागरिक संवाद केन्द्र मार्फत सीमान्तकृत समुदायको सशक्तीकरण गरी आफ्नो अधिकार र कर्तब्य प्रति जागरुक बनाई अधिकार प्राप्तीका निम्ति अग्रसर हुने र नागरिक कर्तव्यको पालना गर्न समुदायको विकास र क्षमता अभिवृद्धि गर्ने परियोजना लक्ष्य रहेको बताए ।
युरोपियन युनियनको आर्थिक सहयोग वेल्टहङ्गर्हिल्फेको प्राविधिक सहयोग एवम् आसमान नेपालको अगुवाइमा दलित सरोकार मंच सप्तरीद्वारा नागरिक सक्रियता परियोजना द्वारा संचालित कार्यक्रमको प्रगति र सफलता कथा र अनुभव प्रस्तुतिकरण बारेमा सहजिकरण गरिएको दलित सरोकार मंच संयोजक राजकुमार पासवानले जानकारी दिए ।
उक्त अवसरमा महादेवा गाउपालिका अध्यक्ष सुनिल कुमार मण्डल, उपाध्यक्ष अर्चना कुमारी यादब, वडा १ का अध्यक्ष जयकिसोर दास, निमित प्रमुख प्रशासकीय अधिकृत बृहस्पति राम लगायतले पालिकामा नागरिक सक्रियता परियोजना संचालन गर्नका लागि आबश्यक सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए ।
गोष्ठीमा कार्यपालिका सदस्य, कर्मचारी तथा संचारकर्मिहरूको उपस्थिति रहेकोले थियो ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |