राजबिराज, ६ पुस । सबल नेपाल द्वारा संचालित समुन्नति कार्यक्रम सप्तरीको खडक र सुरुंगा नगरपालिकामा प्रभावकारी बन्दै गएको छ ।
परियोजनाले दुबै पालिकामा मातृशिशु, स्वास्थ्य तथा स्याहार, बालबालिकाका लागि वाल स्याहार तथा बिकास, आधारभुत शिक्षा, बिधालय स्वास्थ तथा पोषण, जिविकोपार्जन, किशोरकिशोरी विकास तथा किशोरकिशोरी यौन तथा प्रजनन स्वास्थ्यमा सहयोग गरेपछि कार्यक्रम प्रभावकारी बन्दै गएको हो ।
खडक र सुरुंगा नगरपालिकामा समुन्नति कार्यक्रमले स्वास्थ्य, शिक्षा, बालबालिका, किशोरकिशोरीमा उदाहरणीय काम गरेको र लक्षित वर्गका लागी उपलब्धीमूलक रहेको सुरुंगा नगरपालिका समाजिक विकास समितिका संयोजक तथा ४ का अध्यक्ष देवेन्द्र चौधरीले प्रशंसा गरेका छन् ।
सुरुंगा नगरपालिका वडा १ स्थित चहका कोरैया बस्तीमा एकता कृषक समुहले तरकारी खेतीबाट १ लाख ५० हजार बराबरको आम्दानी गरेको समुहका अध्यक्ष धनबहादुर थापाले बताए । उनले भने बचतबाट घरपरिवार र बालबालिकाहरूको पठनपाठनमा लगानी लगाउने गरेको बताए ।
यसैगरी सुरुंगा नगरपालिका वडा ४ स्थित आधारभुत बिधालय मधुपटीमा खानेपानी धाराको जडान र रङ्गरोगनको गरिएको अवस्था बारेमा तथा बालविकास केन्द्र व्यवस्थापन, सिकाइ उपलब्धि मूलक रहेको शिक्षा संयोजक हिरालाल राणा मगरले जानकारी दिए ।
त्यस्तै सुरुंगा नगरपालिका वडा ८ स्थित मलहनमा स्वास्थ्य चौकीमा किशोरकिशोरीहरूलाई यौन तथा प्रजनन स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन एलइडी र ट्युबेल सहयोगको साथै किशोरकिशोरीको समस्या बुझ्नका लागि छुटै कर्नर निर्माणमा सहयोग गरेपछि स्वास्थ्य सेवाप्रवाहमा टेवा पुगेको समुदाय परिचालक बिना यादबले बताइनँ ।
यसैगरी खडक नगरपालिका ५ खोजपुरमा अर्थिङ सेन्टरमा रहेको सामग्रीहरूको प्रयोग, स्वास्थ सेवाप्रवाहलाई सहज बनाउन न्यूनतम मापदण्ड गरी आवासको ब्यवस्था गरिदिएमा अझ प्रभावकारी हुने सेभद सप्तरीका सचिव नरेन्द्र यादबले बताए ।
त्यस्तै खडक नगरपालिका ३ बनरझुलामा श्रोत बिधालय अपांगता भएका बिधालय र कक्षा अवलोकन, बालविकास केन्द्रको मर्मत सम्भार र रंगरोगन, कक्षामा बसाइ व्यवस्थापन तथा सरसफाइ, शैक्षिक क्रियाकलाप तथा शिक्षण सिकाइ राम्रो देखिएको पूर्व वडा अध्यक्ष ईन्द्रदेव चौधरीले बताए।
खडक नपा ८ स्थित बाल अधिकार समितिको सक्रियता, वार्षिक कार्ययोजना तथा कार्यान्वयन, बाल अधिकार समितिको कामकर्तव्य र अधिकार बारेमा समिति पदाधिकारीहरू सँगको छलफल उपलब्धीमूलक रहेको मधेश प्रदेश बालसञ्जालका संयोजक निरज साह बताउँछन् ।
समीक्षा बैठकमा खडक नगरपालिका उपप्रमुख रिता चौधरी, वडा ४ का अध्यक्ष देवेन्द्र चौधरी, वडा ६ का अध्यक्ष दिनेश राम, खडक नगरपालिका कृषि शाखा प्रमुख रोशन चौधरी, नगर शिक्षा संयोजक हिरालाल राणा मगर,सेभद चिल्ड्रेनका बरिष्ठ कार्यक्रम संयोजक खिलनाथ निरौला, उमेश गुप्ता, सेभद सप्तरीका सचिव नरेन्द्र यादब,सबल नेपालका बरिष्ठ कार्यक्रम संयोजक परमेश्वर झा, सबल नेपालका कार्यक्रम संयोजक रोशन मण्डल, पत्रकार अरूण यादब, लगायतको सहभागिता रहेको थियो ।
सो अवसरमा समुन्नति कार्यक्रम संयोजक रोशन मण्डलले खडक नगरपालिका र सुरुंगा नगरपालिकामा बर्ष भरी गरेको प्रगति बारेमा प्रस्तुतिकरण गरेका थिए भने संचालन राधेश्याम रामले गरेका थिए ।
उक्त अवसरमा खडक नगरपालिका उपप्रमुख रिता चौधरी, सेभद चिल्ड्रेनका बरिष्ठ कार्यक्रम संयोजक खिलनाथ निरौलाले नवनिर्वाचित मधेश प्रदेश बालसञ्जालका संयोजक निरज साह, बाल सन्जालका प्रदेश सदस्य यशोधा बुढाथोकीलाई खादा,अबिर लगाएर सम्मान गरेका छन् ।
यस अघि सुरुंगा नगरपालिका, सबल नेपाल र सेभद चिल्ड्रेनको संयोजनमा सुरुंगा नगरपालिकालाई सप्तरी र मधेश प्रदेशकै पहिलो बालविवाह मुक्त नगरपालिका घोषणा गरिसकेको छ ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |