राजबिराज, ६ पुस । गैर सरकारी संस्था महासँघ नेपाल सप्तरीले दोस्रो जिल्ला नागरिक सम्मेलन तथा दशौँ अधिवेशन सम्पन्न गरेको छ ।
सो अवसरमा गैसस महासंघका केन्द्रीय अध्यक्ष रामप्रसाद सुबेदीले गैससलाई स्थानीयस्तरमा सशक्त बनाउन आवश्यक रहेको ओइल्याउनु भयो ।
सुशासन कायम गर्नुपर्दछ, भूमिका फरक फरक राख्नुपर्दछ, २२ सय दर्ता गर्दैमा कसैले दिइदैन, स्रोत सबै स्थानीय स्रोत, दिगोपन बनाउने समाजिक उत्तरदायित्व मा खर्च गर्ने कार्यक्रम नागरिक संस्थामार्फत संचालन गर्नु जरूरी देखिन्छ । नागरिक सकारात्मक सोचमा परिवर्तन ल्याउन राष्ट्रिय गौरवको विषय बनाउनु पर्दछ ।
यसैगरी गैसस महासंघ महासचिव अर्जुन भटटराईले कर छुट प्रमाण दिन कर अधिकृतको लापरवाहीका कारण समस्या उत्पन्न हुने गरेको बताउँदै भने कर छुटको नवीकरण गर्न बाध्यता छैन, नागरिक संस्थाले भ्याटमा जानु पर्दैन, प्यानमै संचालन गर्न सकिन्छ ।
उनले भने क्षमता विकासका लागि गैसस महासंघलाई सशक्त बनाउनु जरूरी देखिन्छ ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |