राजबिराज, ८ पुस । सप्तरी क्रिकेट संघको आयोजनामा राजबिराजमा संचालित जिल्लास्तरीय अन्तरविद्यालय एकदिवसीय क्रिकेट प्रतियोगितामा पिसल्यान्ड र लिटिल एन्जल फाइनलमा भिडने भएको छ ।
शुक्रवार सम्पन्न सेमिफाइनल खेलमा पिसल्यान्डले शिब्सलाई ७ बिकेटले र लिटिल एन्जल स्कुलले रायपुर माविलाई २४ रनले पराजित गर्दै फाइनलमा प्रवेश गरेका छन् ।
शुक्रवार पबिमाबिको खेल मैदानमा शिब्स र पिसल्यान्ड बिचको पहिलो सेमिफाईनलको रोमान्चक खेलमा पिसल्यान्डले शिब्सलाई अन्तिम बलमा एक रन बनाउँदै फाइनलमा आफ्नो स्थान पक्का बनाएको छ । अन्तिम ओभरमा पिसल्यान्डले ६ बलमा १५ रन बनाउनु थियो, भने शिब्सले रन रोक्नु थियो, ब्याटर बरूण गामीले बिष्फोटक ब्याटिङ गर्दै ओभरमा दुई रन वाइड वल वाट, ब्याटवाट एक वटा चाैका, र ओभरको सकेन्ड लास्ट बलमा एक वटा छक्का, र अन्तिम बलमा एक रन बनाएपछि जित रोमान्चक भएको थियो ।
टस जितेर शिब्सले टस जितेर निर्धारित १५ ओभरको खेलमा ३ बिकेट गुमाएर १ सय २८ रनको योगफल खडा गरेका थिए । जसमा लगातार ४ वटै खेलमा अर्धशतक पारी खेल्दै विशाल यादबले ५६ रन अविजित बनाएपछि शिब्सले राम्रो योगफल बनाए थिए । यसैगरी रोहित यादब ३७ रन जोडेका थिए।
बलिंग तर्फ पिसल्यान्ड स्कुलका बरूण देव गामी,आरयन दास, शनि यादब १/१ बिकेट लिएका थिए । प्रतिउत्तरमा पिसल्यान्डका ब्याटर बरूणदेव गामीले विष्फोटक ब्याटिङ गर्दै खेलको अन्तिम ओभरमा १ छक्का, १ चौका बनाएपछि पिसल्यान्ड ७ बिकेटले जित हासिल गर्दै फाइनलमा स्थान पक्का गरेको छ ।
टिमका ब्याटर बरूणले ४६ बलमा ४ छक्का, ७ चौकाको मदतले अविजित ६४ रन बनाएका थिए । यसैगरी टिमलाई जिताउन अभिशेक मण्डलले उत्कृष्ट ब्याटिङ गर्दै ३४ रन जोडेका थिए ।
यता बलिंग तर्फ शिब्सका सुशान्त देव, लवकान्त यादबले १/१ बिकेट हात पारेका थिए भने एक जना खेलाडी रन आउट भएका थिए । उक्त अवसरमा मेलब्रन क्रिकेट फाउन्डेशन कोच तथा नेपाल क्रिकेट फाउन्डेशन प्रोग्रामिनिगं चिफ सारा बेगले खेलको म्यान अफ दि म्याच विजय टिमका बरूणदेव गामीलाई नगद ५ सय सहित मेडल वाट पुरस्कृत गरेका थिए ।
यसैगरी आजै सम्पन्न कन्छुनरप्रताप माबि रायपुर र लिटिल एन्जल स्कुल राजबिराज बिच भएको दोस्रो सेमिफाइनल खेलमा लिटिल एन्जलले रायपुरलाई २४ रनले पराजित गर्दै फाइनलमा प्रवेश गरेका छन् ।
टस जितेर लिटिल एन्जलले निर्धारित २० ओभरमा ७ बिकेट गुमाएर १ सय ४८ रनको योगफल खडा गरेका थिए । जसमा कर्णबहादुरले अर्धशतक पारी खेल्दै ५० रन बनाएका छन भने प्रियान्सु कर्ण ४४ र जेम्स बिकले १९ रन जोडेका थिए ।
बलिंग तर्फ रायपुर टिमका सुमन चौधरी ४ बिकेट, अजय अधिकारी, अभिसेक साह र सन्तोष अधिकारीले समान्य १/१ बिकेट हात पारेका थिए । प्रतिउत्तरमा माबि रायपुरले १९ ओभर १ बलमा सबै बिकेट गुमाई १ सय २४ रनमै सीमित रहे।
जसमा अमन मण्डल २५ रन, अजय अधिकारी र दिपेन्द्र मेहता २३/२३ रन, सुमन चौधरीले १५ रन बनाएपनि जितका लागि प्रयाप्त भएन,यो सँगै लिटिल एन्जल फाइनलमा प्रवेश गरेको हो ।
बलिंग तर्फ लिटिल एन्जेलका श्रवण गुप्ता ४ बिकेट,शिव दास ३ बिकेट महेन्द्र मण्डल र गोपाल मण्डल १/१ बिकेट लिएका थिए । खेलको म्यान अफ दि म्याच लिटिल एन्जेलका श्रवण गुप्ता घोषित भए ।
भोलीको फाईनल खेल पिसल्यान्ड स्कुल र लिटिल एन्जल बिच हुने सप्तरी क्रिकेट सँघका सदस्य शंभु दासले जानकारी दिएका छन् ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |