राजबिराज, ९ पुस । सप्तरी क्रिकेट संघको आयोजनामा राजबिराजमा संचालित जिल्लास्तरीय अन्तरविद्यालय एकदिवसीय क्रिकेट प्रतियोगिताको उपाधि पिसल्यान्डले कब्जा जमाएको छ ।
शनिवार सम्पन्न पिसल्यान्ड र लिटिल एन्जल बिच भएको फाइनल खेलमा पिसल्यान्डले लिटिल एन्जल स्कुललाई पराजित गर्दै उपाधि माथि कब्जा जमाएको हो । टस जितेर पिसल्यान्ड निर्धारित २० ओभरमा ६ बिकेट गुमाएर १ सय ३८ रनको योगफल खडा गरेका थिए । जसमा बरूणदेव गामीले विस्फोटक ब्याटिङ गर्दै अर्थ शतकिय पारी खेल्दै ५६ बलमा ४ छक्का र ४ चौकाको मदतले ६८ रन बनाए भने प्रदिप दासले २७ रन जोडेका थिए ।
यसैगरी बलिंग तर्फ लिटिल एन्जलका करण बहादुर बिक र भिम यादब समान्य २/२ बिकेट तथा महेन्द्र मण्डल र गोपाल मण्डलले १/१ बिकेट लिएका थिए ।
जवाफमा लिटिल एन्जल स्कुलले १ सय ३८ रनको लक्ष्य पछयाउने क्रममा १९ ओभर ३ बलमा सबै बिकेट गुमाई १ सय १९ रनमै सीमित रहे। जसमा जेम्स बिकले सर्वाधिक ४३ रन बनाउँदै अविजित रहेका थिए भने भिम यादब २० रन र गोपाल मण्डल १७ रन बनाए पनि जितका लागि पर्याप्त भएन ।
बलिंग तर्फ पिसल्यान्डका शंभु मण्डल र प्रदिप दास, आरयन दास २र२ बिकेट हात पारेका थिए भने बरूणलेव गामीले १ बिकेट हात पारे । म्यान अफ दि फाइनल विजय टिमका बरूणदेव गामी घोषित भएका थिए ।
खेलको प्लेयर अफ दि सिरिज विशाल यादब, बेस्ट ब्याटस म्यान बरूणदेव गामी, बेस्ट बलर गोपाल मण्डल र ईमेजिंग खेलाडी श्रवण गुप्ता घोषित भएका थिए ।
उक्त अवसरमा बिजेता तथा उपविजेता टिमलाई नेपाल क्रिकेट फाउन्डेसनका निर्देशक अभिषेक कार्की, सप्तरी क्रिकेट सँघका अध्यक्ष आयुष श्रेष्ठ, उपाध्यक्ष धर्मेन्द्र चौधरी, सचिव चन्दनकुमार यादब, क्रिकेट विकास प्रतिष्ठानका अध्यक्ष ई इन्द्र नारायण देव, प्रतियोगिता संयोजक अनवर अली, अम्पायर सँघका अध्यक्ष निरज सिंह कोच सारा बेग लगायतले शिल्ड, कप, मेडल, प्रमाणपत्र पुरस्कारबाट सम्मान गरेका थिए ।
सप्तरी क्रिकेट सँघको आयोजना तथा नेपाल क्रिकेट फाउन्डेसनको सहयोगमा जिल्ला स्तरीय अन्तरविद्यालय एकदिवसीय क्रिकेट प्रतियोगिता पुस २ गते देखि ९ गते सम्म संचालन भएको प्रतियोगितामा जिल्लाभरीका ८ वटा विद्यालयहरूको सहभागिता रहेको थियो ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |