राजबिराज, ९ पुस । बिष्णुपुर गाउँपालिकाले पञ्जिकरण शाखा वाट दिइने प्रवाह एवम, सेवा सुविधा बारेमा सार्वजनिक सुनवाई तथा सामुदायिक अङ्क तालिका सम्बन्धी कार्यक्रमको आयोजना गरिएको छ ।
शनिवार पालिकाको वडा ७ मा स्थानीय सरकार द्वारा गाउँपालिकाले सार्वजनिक सेवाको गुणस्तरीयता पारदर्शिताको प्रभावकारितालाई लेखाजोखा सम्बन्धी सार्वजनिक सुनवाई गरिएको हो ।
कार्यक्रममा छिन्नमस्ता गाउपालिका पञ्जिकरण शाखाका प्रमुख सुजित दासले पालिकाबाट दलित समुदायले सबै किसिमको सेवा सहजरूपमा लिने गरेका बताए ।
उनले भने समाजिक सुरक्षा भता प्राप्त गर्ने दलित तथा गैर दलितले समयमै सम्बन्धी बैंकबाट सबै प्रकारका सुविधा पाउने गरेका जानकारी दिए ।
पञ्जिकरण शाखा वाट घटना दर्ता अन्तर्गत जन्म दर्ता ३५ दिन भित्र, २० वर्ष पुरा गरेमा विवाह दर्ता, ३५ दिन भित्र मृत्यु दर्ता, बसाई सराई, र सम्बन्ध बिच्छेद लगायतका घटना दर्ता हुने गरेको छ ।
श्रीमान र श्रीमतीले सम्बन्ध बिच्छेदको घटना सम्बन्धमा घटना दर्ता जिल्ला अदालतले गर्ने प्रावधान रहेको बताए । समाजिक सुरक्षाको भता लिन साउन १ देखि कार्तिक मसान्त सम्म नवीकरण गर्न समय दिए पनि अहिले नवीकरण भदौ मसान्त सम्म दिएको छ, भता कार्ड नवीकरण नगरेको खण्डमा सुविधा नपाउने बताए ।
पञ्जिकरण शाखाका बिरेन्द्र यादबले समाजिक सुरक्षा भता नवीकरण सम्बन्धमा समुदायमा भता प्राप्त गर्नेहरूलाई सूचनाको व्यापक प्रचारप्रचार गर्नुपर्नेमा जोड दिए । सो सार्वजनिक सुनवाई कार्यक्रममा बिष्णुपुर गाउपालिका वडा ७ का अध्यक्ष लोचन साह, कार्यपालिका सदस्य अशोक राम, दलित अगुवा झवर राम, नन्दी राम, बुधनी राम, अमोलिया देबी राम, दिलिप राम लगायतले समाजिक सुरक्षा भतालाई छिटोछरितो बनाउनुपर्नेमा जोड दिएका थिए ।
सो सार्वजनिक सुनवाईमा दलित समुदायका स्थानीयवासीहरूको उपस्थिति रहेको थियो भने कार्यक्रमको संचालन सञ्चारकर्मी जितेन्द्र कुमार झाले गरेका थिए ।
नागरिक सक्रियता परियोजना अन्तर्गत दलित सरोकार मंच द्वारा संचालित सार्वजनिक सुनवाई कार्यक्रमको युरोपियन युनियनको आर्थिक सहयोग वेल्टहङ्गर्हिल्फेको प्राविधिक सहयोग एवम् आसमान नेपालको अगुवाइमा गरिएको दलित सरोकार मंचका संयोजक राजकुमार पासवानले जानकारी दिए ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |