राजबिराज, १२ पुस । क्रिकेट विकास प्रतिष्ठान द्वारा संचालित डब्बल राउन्ड रोबिनको आधारमा खेलाइएको अन्तरविद्यालय टि ट्वान्टी क्रिकेट अन्तर्गतको खेलमा प्रतिष्ठानले १ सय २५ रनको फराकिलो अन्तरले विजय भएका छन् ।
मंगलबार क्रिकेट विकास प्रतिष्ठान र पिसल्यान्ड स्कुल बिच भएको खेलमा पिसल्यान्ड स्कुललाई १ सय २५ रनको फराकिलो अन्तरले प्रतिष्ठान बिजयी भएको हो ।
प्रतिष्ठानले टस जितेर निर्धारित २० ओभरमा ७ बिकेट गुमाएर १ सय ६१ रनको योगफल खडा गरेका थिए । जसमा विशाल यादबले अर्थ शतकिय पारी खेल्दै अविजित ५१ रन र रोहित यादब ४० रन, अमन मण्डल २९ रन बनाएका थिए ।
बलिंग तर्फ पिसल्यान्ड स्कुलका रियाज अली ३ बिकेट, प्रदिप दास २ बिकेट र श्यामबाबु मण्डल, शंभु यादब १/१ बिकेट लिएका थिए ।
प्रतिउत्तरमा पिसल्यान्ड स्कुलले ९ ओभरमा सबै बिकेट गुमाई ३६ रन मात्र बनाउन सकेका थिए । रियाज अली ९ रन सहित अन्य कुनै पनि खेलाडी दोहोरो अङ्क पार गर्न सकेन ।
बलिंग तर्फ प्रतिष्ठानका सुशान्त देवले उत्कृष्ट बलिंग गर्दै ४ ओभरमा १३ रन दिएर ५ बिकेट लिएका थिए भने पंकज राय ३ बिकेट र सुमन चौधरी र रितेश राम १/१ बिकेट हात पारेका थिए ।
उक्त अवसरमा सप्तरी क्रिकेट संघका सचिव चन्दनकुमार यादबले खेलको म्यान अफ दि म्याच प्रतिष्ठानका सुशान्त देवलाई कप पुरस्कारबाट सम्मान गरेको प्रतिष्ठानका सचिव सन्तोष यादबले जानकारी दिए ।
भोलिको खेल लिटिल एन्जल र प्रतिष्ठान बिच हुने बताईएको छ ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |