राजबिराज । गैरसरकारी महासंघ नेपाल सप्तरीको अध्यक्षमा दिपक झा सर्वसम्मतले चयन भएका छन् ।
गैसस महासंघ नेपाल सप्तरीको पुस ५ गते सम्पन्न दोश्रो जिल्ला नागरिक सम्मेलन तथा दशौं अधिवेशनको बन्द सत्रबाट सोमबार झा अध्यक्ष पदमा सर्वसम्मत चयन भएका हुन् । यस्तै उपाध्यक्षमा बलदेव मण्डल, सचिवमा जितेन्द्र देव, सहसचिवमा नविन नरसिंह नेपाली तथा कोषाध्यक्षमा रिया राय संचेती चयन भएका छन् ।
सदस्यहरूमा मिरा देव, उपेन्द्र साह, राजेश राम, बिरेन्द्र कुमार मण्डल, पार्थो सरकार, ललिता कुमारी मण्डल, बिनिता कुमारी कर्ण, बिनोदानन्द चौधरी, अरबिन्द चौधरी र रुबि मिश्रा सर्वसम्मत भएका छन् ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |