राजबिराज, १३ पुस । कर्णबहादुर बिकको आक्रामक ब्याटिङले लिटिल एन्जल स्कुलले दोस्रो जितलाई निरन्तरता दिएको छ ।
बिकले ४३ बलमा दुई छक्का र ७ चौकाको मदतले ६६ रन अविजित खेलेपछि लिटिललाई जितका लागि सहज भएको हो ।
क्रिकेट विकास प्रतिष्ठान द्वारा संचालित डब्बल राउन्ड रोबिन क्रिकेट प्रतियोगिता अन्तर्गत चौथो खेलमा लिटिल एन्जलले प्रतिष्ठान क्रिकेट टिमलाई ८ बिकेटले पराजित गर्दै बिजयी भएका छन् । टस जितेर क्रिकेट बिकास प्रतिष्ठानले निर्धारित २० ओभरमा ५ बिकेट गुमाएर १ सय ५० रनको योगफल खडा गरेका थिए ।
जसमा विशाल यादबले ९ चौकाको मदतले ४७ बलमा सर्वाधिक ५८ रन रोहित यादब २८ रन, सुमन चौधरी १७, अमन मण्डल १४ र किसन साह १२ रन जोडेका थिए । बलिंग तर्फ लिटिल एन्जल स्कुलका नरेश कामैत २ बिकेट, गोपाल मण्डल, शिव दास र निशान्त यादब १/१ बिकेट हात पारेका थिए ।
प्रतिउत्तरमा लिटिल एन्जल स्कुलले १४ ओभर ३ बलमा दुई बिकेट गुमाई विजय हासिल गरेका थिए । जसमा करण बहादुर बिकले आक्रमक ब्याटिंग गर्दै २ छक्का र ७ चौकाको मदतले ६६ रन अविजित खेलेपछि जित सहज भएको हो ।
त्यस्तै टिमका लागि प्रिंयान्सु कर्ण २६ रन र निशान्त यादबले १२ रन अविजित खेलेका थिए । बलिंग तर्फ प्रतिष्ठानका सुशान्त देव र सुमन चौधरी १/१ बिकेट लिएका थिए ।
खेलको म्यान अफ दि म्याच बिजय टिमका कर्ण बहादुर बिक घोषित भएका थिए भने घोषित म्यान अफ दि म्याच बिकलाई अम्पायर संघका अध्यक्ष निरज सिँहले कप प्रदान गरेका थिए ।
भोलिको खेल लिटिल एन्जल र पिसल्यान्ड स्कुल बिच हुने क्रिकेट प्रतिष्ठानका सचिव सन्तोष कुमार यादबले जानकारी दिएका छन् ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |