जनकपुर, १४ पुस । मधेश प्रदेशसभाका ज्येष्ठ सदस्य गोविन्दबहादुर न्यौपानेले पद तथा गोपनीयताको शपथ लिएका छन् ।
बिहीबार प्रदेश प्रमुखको सचिवालयमा आयोजित शपथ ग्रहण कार्यक्रममा प्रदेश प्रमुख हरिशंकर मिश्रबाट नेकपा एकीकृत समाजवादीका सांसद न्यौपानेले पद तथा गोपनीयताको सपथ लिएका हुन् ।
अब न्यौपानेले शुक्रबार प्रदेशसभामा बाँकी १०६ सांसदलाई पद तथा गोपनीयताको शपथ खुवाउने छन् ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |