राजबिराज, १४ पुस । कर्णबहादुर बिकको आक्रामक ब्याटिङले लिटिल एन्जल स्कुल लगातार तीन खेलमा जित निकाल्दै फाइनलमा प्रवेश गरेका छन् ।
बिकले २७ बलमा दुई छक्का र ४ चौकाको मदतले ५२ रन अविजित खेलेपछि लिटिल एन्जल स्कुल ६ बिकेटले जित हात पारेको हो ।
जितका लागि ८८ रनको विजय लक्ष्य पछयाएको लिटिल एन्जलले ११ ओभर ३ बलमा ४ बिकेट गुमाई क्रममा लिटिल एन्जल स्कुलले ११ आभार ३ बलमा ४ बिकेट गुमाएर पूरा गर्यो ।
बिहीवार क्रिकेट विकास प्रतिष्ठान द्वारा संचालित डब्बल राउन्ड रोबिन क्रिकेट प्रतियोगिता अन्तर्गत ५ औ खेलमा लिटिल एन्जलले पिसल्यान्ड टिमलाई ६ बिकेटले पराजित गर्दै फाइनल यात्रा तय गरेका हुन ।
यसैगरी लिटिल एन्जलका गोपाल मण्डल र जेम्स बिक १२/१२ रन बनाएका थिए भने नरेश कामैत ७ रन बनाउँदै अविजित रहेका थिए ।
बलिंग तर्फ पिसल्यान्डका प्रदिप दास ३ बिकेट र श्यामबाबु मण्डल १ बिकेट लिएका थिए । यस अघि टस जितेर पिसल्यान्ड स्कुलले निर्धारित २० ओभरको खेलमा १८ ओभर २ बलमा ८८ रनको योगफल खडा गरेका थिए ।
जसमा बरूणदेव गामी ३२ रन बनाउनु बाहेक कुनै पनि खेलाडी दोहोरो अंक पार गर्न सकेन । बलिंग तर्फ लिटिल एन्जल स्कुलका गोपाल मण्डल ३ बिकेट तथा शिव दास, निसान्त यादब र कर्णबहादुर बिक २/२ बिकेट लिएका थिए ।
खेलको म्यान अफ दि म्याच लिटिलका कर्णबहादुर बिक घोषित भएको थिए भने घोषित म्यान अफ दि म्याचलाई स्वेडेक का अध्यक्ष मिरा देवले कप प्रदान गरेकी छिन ।
भोलिको खेल क्रिकेट बिकास प्रतिष्ठान र पिसल्यान्ड स्कुल बिच हुने छ भने विजय हुने टिमले शनिवार लिटिल एन्जल स्कुल सँग फाइनल खेल खेल्ने प्रतिष्ठानका अध्यक्ष ई इन्द्रनारायण देवले बताए ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |