राजबिराज, १६ पुस । राजबिराजमा क्रिकेट विकास प्रतिष्ठान द्वारा संचालित डब्बल राउन्ड रोबिन क्रिकेट प्रतियोगिताको उपाधि पिसल्यान्डले जितेका छन् ।शनिवार भएको फाईनल खेलमा लिटिल एन्जल स्कुललाई ५० रनले पराजित गर्दै पिसल्यान्ड स्कुलले उपाधिमाथि कब्जा जमाएको हो ।
पबिमाबिको खेलमैदानमा टस जितेर पिसल्यान्ड स्कुलले निर्धारित २० ओभरमा ७ बिकेट गुमाएर १ सय ५४ रनको योगफल खडा गरेका थिए । जसमा मन्नु दासले आक्रामक ब्याटिंग गर्दै ६२ बलमा ४ छक्का ६ चौकाको मदतले ७८ रन बनाएका थिए भने श्यामबाबु मण्डल २२ र बरूणदेव गामीले २१ रन जोडेका थिए ।
बलिंग तर्फ लिटिल एन्जल स्कुलका निसान्त पासवान ३ बिकेट र सोहिल आलम र निसान्त यादब १/१ बिकेट लिएका थिए ।
जवाफमा लिटिल एन्जल स्कुलले १४ ओभरमा ६ बलमा सबै बिकेट गुमाई १ सय ४ रनमै सीमित रहे । जसमा निसान्त यादब ४४ रन, भिम यादब २० रन,बाहेक कुनै पनि खेलाडी दोहोरो अङ्क पार गर्न सकेन, यो सँग पिसल्यान्ड ५० रनले जित हात पार्दै उपाधि जितेका छन ।
बलिंग तर्फ पिसल्यान्ड स्कुलका रोहित यादब र रियाज अली ३र३ बिकेट तथा बरूणदेव गामी, अरूण दास, प्रदिप दास १र१ बिकेट हात पारेका थिए । फाइनल खेलको म्यान अफ दि म्याच मन्नु दास घोषित भएको छ ।
उक्त प्रतियोगिताको उत्कृष्ट खेलाडी ९म्यान अफ दि सिरिज० लिटिल एन्जलका कर्णबहादुर बिकलाई स्वेडेकका अध्यक्ष मिरा देवले नगद ५ हजार सहित कप प्रदान गरेका थिई । यसैगरी खेलमा उत्कृष्ट बलर लिटिल एन्जेल स्कुलका शिव दास, बेस्ट ब्याटर प्रतिष्ठान टिमका बिशाल यादब घोषित भएका छन् ।
सो अवसरमा प्रतिष्ठान अध्यक्ष ई। ईन्द्रनारायण देवले क्रिकेटको माध्यमबाट अवसर प्राप्त गर्न जीवनमा मान सम्मान,प्रतिष्ठाका लागी र कुलतमा लागेका बालबालिकाहरूलाई क्रिकेट तर्फ आक्रित गर्न, क्रिकेटमा नयाँ जीवन बनाउन खेलाडीहरूको उत्पादन गर्ने उद्देश्य रहेको बताउनु भयो ।
उक्त अवसरमा राजबिराज नगरपालिका कार्यवाहक नगरप्रमुख ईसरत प्रविण,वडा ६ का अध्यक्ष शशी चौधरी, वडा १३ का अध्यक्ष त्रिलोचन चौधरी, नगरपालिका निमित प्रमुख प्रशासकीय अधिकृत निरन्जन यादब, क्रिकेट प्रतिष्ठानका अध्यक्ष ई। ईन्द्र नारायण देव, स्वेडक अध्यक्ष मिरा देव, सप्तरी क्रिकेट सँघका अध्यक्ष आयुष श्रेष्ठ,गैसस सप्तरी अध्यक्ष दिपक झा, अम्पायर सँघका अध्यक्ष निरज सिँह लगायतले विजेता, उपविजेता टिमलाई शिल्ड, कप, मेडल, प्रमाणपत्र बितरण गरेका थिए भने कार्यक्रमको संचालन नन्दकिशोर गुप्ताले गरेका थिए।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |