राजबिराज, १७ पुस । साझा प्रकाशनले राजविराजमा वृहत पुस्तक मेलाको आयोजना गरेको छ । साहित्यकार एवं दहेजमुक्त मिथिला समाजकी राष्ट्रिय संयोजक करुणा झाले आइतबार उक्त मेलाको उद्घाटन गरेकी छिन् ।
उनले यस्ता पुस्तक मेलाले भाषा, साहित्य, कला र संस्कृतिको विकासमा टेवा पु-याउने विश्वास व्यक्त गरिन् । अन्तराष्ट्रिय मैथिली परिषद् नेपालको महासचिव समेत रहेकी झाले अन्य भाषासँगै मैथिली भाषा र साहित्यका पुस्तकहरू पनि प्रकाशनमा ल्याउनु पर्नेमा जोड दिइन् ।
पुस ३० गतेसम्म चल्ने सो पुस्तक मेलामा विभिन्न साहित्य, कला, इतिहास, धार्मिक ग्रन्थ, बाल साहित्य, शब्दकोषसँग सम्बन्धित २ हजार भन्दा बढी शिर्षकका पुस्तकहरू राखिएका छन् ।
पुस्तक मेलामा सबैको सहभागिता र सहयोगको लागि साझा प्रकाशनले आह्वान गरेको छ ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |