राजबिराज, १८ पुस । प्रदेशसभा सदस्य साहको शपथको बेलाको पहिरन यतिबेला चर्चामा छ ।
मिथिलामा नयाँ दुलहीले लगाउने जस्तै पहिरनमा शपथ लिन पछि उनी अहिले चर्चामा आएकी हुन । उनले पहिरनमा आफ्नो मातृभाषा मैथिलीमा शपथ लिइन् ।
जनता समाजवादी पार्टीबाट निर्वाचित समानुपातिक प्रदेशसभा सदस्य साहको शपथको बेलाको पहिरन यतिबेला चर्चामा छ । पार्टीभित्र र बाहिर पनि उनको पहिरनबारे चर्चा चलिरहेको छ ।
मिथिला संस्कृति र मैथिली भाषीहरूले साहको पहिरन मिथिलानी नारीले परम्परादेखि लगाउँदै आएको प्रतिक्रिया दिएका छन् । “मिथिला संस्कृतिमा कुनै पनि शुभकार्य गर्दा महिला यस्तै पहिरनमा सज्जिन्छन् ,” उनीहरूको भनाइ छ ।
सोही विषयलाई लिएर कतिपय दलका नेता कार्यकर्ताले उनको पहिरनमाथि टिप्पणी समेत गरेको पाइएको छ ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |