राजबिराज, २२ पुस । सप्तरीमा चिसोले कठ्याँग्रिएर कोइलाडीका देवुको मृत्यु भएको छ । तिलाठी कोइलाडी गाउँपालिका- ४ मुसहरी टोलका ४५ वर्षीय राजु भनिने देवु सदाको चिसोका कारण मृत्यु भएको हो ।
राति खाना खाएर सुतेका उनको चिसोले कठ्याँग्रिएर मृत्यु भएको तिलाठी कोइलाडी गाउँपालिका– ४ का वडाध्यक्ष मुनिलाल मुखियाले बताए ।
खुला ठाउँमा रहेको फुसको घरमा सुतेका उनी बिहान मृत भेटिएका हुन्। मृतक सदाका तीन छोरा र तीन छोरी छन् भने श्रीमतीको दुई वर्षअघि नै मृत्यु भइसकेको छ । तराईका जिल्लामा एक साता अघिदेखि अत्यधिक चिसो बढेको छ ।
चिसोले जनजीवन प्रभावित भएको छ। तर, चिसोबाट विपन्नलाई जोगाउन स्थानीय सरकार र अन्य सरोकारवाला निकायले कुनै वास्ता नगरेको स्थानीयको गुनासो छ ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |