राजबिराज, २४ पुस । एक सातादेखि लगातार चलेको चिसो हावाका कारण जाडो बढेपछि स्थानीय प्रशासनले राजबिराजको विभिन्न ठाउँमा आगो ताप्ने ब्यवस्था मिलाइएको छ ।
जाडो मौसमलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय सप्तरीले राजविराजको विभिन्न स्थानमा आगो ताप्ने व्यवस्था मिलाइएको हो ।
प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाको नेतृत्वमा प्रमुख सेनानी दुर्गाबहादुर थापा, प्रहरी उपरीक्षक अविनारायण काफ्ले, सशस्त्र प्रहरी उपरीक्षक तिर्थराज पौडेल, वन कार्यालयका प्रमुख हेमन्तप्रसाद साहले जाडो छल्न राजविराजको विभिन्न स्थानमा आगो ताप्ने व्यवस्था मिलाएका हुन ।
यसले शीतलहर बाट बच्न ठूलो मद्दत पु-याउने विश्वास लिएको जिल्ला प्रहरी कार्यालय सप्तरी प्रहरी उपरीक्षक अभिनारायण काफ्ले जनाएको छ ।
राजबिराजको गजेन्द्रनारायण सिंह अस्पताल राजविराज, अदालत, रुपनी मोड, जिल्ला प्रशासन कार्यालय लगायतका विभिन्न स्थानहरूमा आगो ताप्ने व्यवस्था मिलाइएको छ ।
चिसो हावासँगै बढेको शीतलहरले बालबालिका, वृद्धवृद्धा र विपन्न परिवार बढी प्रभावित भएका छन भने शीतलहरका कारण बालबालिकालाई विद्यालय जान समस्या हुन थालेको छ ।
यसअघि चिसोका कारण कठ्याँग्रिएर सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका– ४ का ४५ वर्षीय देवु सदाको मृत्यु भएको थियो ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |