काठमाण्डौं, २९ पुस । पाटन उच्च अदालतले नेपाली क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछाने लाई धरौटीमा रिहा गर्न आदेश दिए बमोजिम आज शुक्रबार धरौटी तिरेर लामिछाने छुट्दैछन् ।
पूर्वपक्षका लागि थुनामा राख्ने जिल्ला अदालतको आदेश बदर गर्दै पाटन उच्च अदालतले बिहीबार सन्दीपलाई २० लाख धरौटी माग गरेका थियो ।
मुद्दाको फैसला नभएसम्म सन्दीपलाई नेपालबाहिर जान रोक लगाउनुको साथै जाहेरीकर्ता र उनका परिवारसँग भेटघाट, सम्पर्क, डरत्रास, दबाब नदिन र उनीहरू लक्षित कुनै सामग्री सार्वजनिक सञ्चारमाध्यम र सामाजिक सञ्जालमा टिप्पणी नगर्न भनिएको छ ।
कुनै काम विशेषका कारण सन्दीपले काठमाडौं छाड्नुअघि उपत्यका छाड्ने र फर्कने मिति साथै बस्ने ठाउँ खुलाएर जिल्ला प्रहरी परिसर काठमाडौँलाई लिखित जानकारी दिनुपर्नेछ ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |