सप्तरी, ३० पुस । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोज कुमार यादवले सप्तरीको शक्तिपीठ छिन्मस्तामा पुजा पाठ गरेका छन् । आज (शनिवार) बिहान सप्तरीको प्रसिद्ध धार्मिक स्थल छिन्नमस्ता भगवती दर्शन गर्दै पुजा पाठ गरेका हुन ।
उक्त अवसरमा आएका मुख्यमन्त्री यादवले भष्ट्राचार देशैभर क्यान्सर जस्तै मौलाइरहेकोले भ्रष्टाचार नियन्त्रण गर्न प्रतिबद्ध रहेको बताए । उनले भने ३ महिना भित्र मधेश प्रदेशलाई भष्ट्राचार मुक्त प्रदेश बनाउने लक्ष्य रहेको बताएका छन् ।
उनले भने प्रदेश सरकार भन्दा संघीय सरकारमा बढि भ्रष्टाचार भइरहे पनि मधेशलाई बढि बदनाम गरिएको मुख्यमन्त्री यादवले भने, साथै छिन्नमस्ताको विकासका लागि छिन्नमस्ता भगवती मन्दिरले माग गरेका विभिन्न विकासिय योजना भन्दा बढि विकासका काम हुने प्रतिवद्धता समेत गरेका छन् ।
छिन्नमस्ता भगवतीको पुजा पछि छिन्नमस्ता मन्दिर समितिले मन्दिरको विकासका लागि ज्ञापन पत्र बुझाएका थिए ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |