राजबिराज, ३ माघ । सप्तरीको शम्भुनाथ नगरपालिकामा कार्यरत इन्जिनियर रामचन्द्र साह घुस रकम लिँदै गर्दा रंगेहात अख्तियारको टोलीले पक्राउ गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीबाट खटिएको टोलीले उनलाई मंगलबार कार्यकक्षबाटै रंगेहात पक्राउ गरेको हो ।
साहले आफ्नै कार्यकक्षमा सेवाग्राहीबाट रु एक लाख ४० हजार घुस लिदैं गर्दा पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता श्याम प्रसाद भण्डारीले जानकारी दिएका छन् ।
निर्माण कार्यको भुक्तानी वापत सेवाग्राहीसँग घुस माग गरेको सूचनाका आधारमा खटिएको टोलीले इन्जिनियर साहलाई पक्राउ गरेको आयोगका प्रवक्ता भण्डारीले जानकारी दिए । इन्जिनियर साहलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको उनले जानकारी दिए ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |