जनकपुर, ४ माघ । बलिदानी दिवसको अवसरमा मधेश सरकारले बिहीबार सार्वजनिक बिदा दिएको छ । मधेश आन्दोलन स्मृति दिवसको अवसरमा मधेश सरकारले माघ ५ गते सार्वजनिक बिदा दिएको हो ।
सार्वजनिक बिदा भएकाले मधेश प्रदेशको ८ वटै जिल्लामा सरकारी कामकाजहरू बन्द रहने जनाएको छ । प्रदेश सरकारले मधेश आन्दोलनको क्रममा सहादत दिएका वीर शहिदहरुको सम्झनामा प्रत्येक वर्ष ५ गते माघमा बलिदानी दिवस मनाउँदै आएको छ ।
सिरहा जिल्लाको लहानस्थित प्रथम मधेश आन्दोलनको क्रममा रमेश महतोले सहादत दिएको स्मरण सहित लहानमा बलिदानी दिवस मनाउँदै आएको छ । यद्यपि, प्रदेश सरकारले बिभिन्न वर्षमा बिभिन्न ठाउँमा बलिदानी दिवस मनाउँदै आएपनि यसपालि शहीदको स्मरण भन्दा सत्तालोभमा लिप्त् देखिएका छन् ।
मधेश आन्दोलनका शहिदहरुको सम्झनामा प्रत्येक वर्ष ५ गते माघको बलिदानी दिवस मनाउँदै आएको मधेश सरकारले जनाएको छ ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |