राजबिराज, ११ माघ । सप्तरीका जनप्रतिनिधिहरूले निर्वाचन खर्च समयमा नबुझाएको भनी आयोगले तोकेको जरिवाना रकम मिन्हा नभए चरणवद्ध आन्दोलन गर्ने चेतावनी दिएका छन् ।
जिल्ला प्रशासन कार्यालय सप्तरी मार्फत सप्तरीका जनप्रतिनिधिहरूले बुधबार निर्वाचन आयोग कान्तिपथ काठमाडौँलाई ज्ञापनपत्र पठाएको हो । प्रमुख निर्वाचन आयुक्तलाई सम्बोधन गरिएको ज्ञापनपत्र सप्तरीका प्रजिअ भुपेन्द्र थापालाई बुझाएको छ ।
जिल्ला समवन्य समिति सप्तरीका प्रमुख शिव नारायण साहको नेतृत्वमा गएको जनप्रतिनिधिहरूको टोलीले जरिवाना रकम मिन्हा गर्नुपर्ने एक सूत्रीय माग राखी ज्ञापनपत्र प्रजिअ थापालाई बुझाएका छ्न । ज्ञापनपत्र बुझ्दै प्रजिअ गौतमले तुरुन्तै सम्बन्धित कार्यालयमा पठाउने प्रतिबद्धता व्यक्त गरे ।
निर्वाचन खर्च रकमको जरिवाना तोकेर निर्वाचन आयोगले राजनीतिक चरित्र हत्या गरि राजनीतिबाट बन्चित गराउने षड्यन्त्र गरेको ज्ञापनपत्रमा जनाएको छ । जरिवाना गरिएको रकम तत्काल मिन्हा नगरिए चरणवद्ध रुपमा आन्दोलन गर्ने चेतावनी ज्ञापनपत्रमा उल्लेख छ ।
निर्वाचन आयोगले जरिवाना रकम बुझाउने सम्बन्धमा गरेको निर्णय विरुद्धमा हाम्रो सामूहिक रुपमा ध्यानाकर्षण भएको छ, ज्ञापनपत्रमा भनिएको छ, निर्वाचन खर्च रकमबापत को तोकिएकोले उक्त जरिवाना राजनीतिक दलहरूको राजनीतिक चरित्र माथी पार्ने धोखा र राजनीतिक गर्नुबाट बन्चित गराउने निर्णय भएकोले जरिवाना रकम मिन्हा गर्न हामी सामूहिक रुपमा अपिल गर्दछौँ । हाम्रा मागहरू पूरा भएन भने हामी सो को विरुद्धमा चरणबद्ध रुपमा आन्दोलन गर्ने यसै ज्ञापनपत्र मार्फत जानकारी गराउँछौ प्रतिनिधिहरूद्वारा निर्वाचन आयोगलाई पठाएको ज्ञापनपत्रमा जनाएको छ ।
ज्ञापनपत्रमा जिल्ला समवन्य समिति सप्तरीका प्रमुख शिव नारायण साह, उपप्रमुख शम्भु कुमार यादव, हनुमाननगर कंकालिनी नगरपालिकाका प्रमुख बिरेन्द्र माझी, बोदेबर्साईन नगरपालिकाक नगरप्रमुख आतेश कुमार सिंह, सुरुङ्गा नगरपालिका प्रमुख गिता चौधरी, राजविराज नगरपालिकाका कार्यवाहक नगरप्रमुख इसरत परविन, विष्णुपुर गाउँपालिकाका अध्यक्ष उमेश प्रसाद यादव, रुपनी गाउँपालिकाका अध्यक्ष दिनेश कुमार यादव, तिरुहुत गाउँपालिकाका अध्यक्ष विजय कुमार यादव, बलानविहुल गाउँपालिकाका अध्यक्ष खेमचन्द्र यादव लगायतका राजनीतिकदलहरूले हस्ताक्षर गरेका छ्न ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |