राजबिराज, १३ माघ । सप्तरीको छिन्मस्ता गाउपालिका वडा ५ लोखरममा सुनु समाज बेटी के पुकार नाटक सम्पन्न गरेको छ । शुक्रवार सेभ द चिल्ड्रेन, सेभ द सप्तरी एवम् छिन्नमस्ता वडा न। ५ को सहयोगमा तथा वडा बाल अधिकार समितिको आयोजनामा वडा स्तरीय सुनु समाज बेटी के पुकार नाटकको आयोजना गरिएको हो ।
बाल विवाह बाट हुने असरहरू, छोरीलाई शिक्षामा पहुँच, बालबालिकाहरूलाई घरको काममा होइन विधालयमा पठाऊँ जस्ता विषयमा आधारित जनचेतनामूलक नाटक प्रस्तुत गरिएको थियो ।
उक्त अवसरमा वडा अध्यक्ष जयप्रकाश ठाकुर, वडा वाल अधिकार समितका प्रतिनिधि सेभ द सप्तरीका फिल्ड अफिसर दुर्गान्न शर्मा फिल्ड अफिसर राजिब कुमार चौधरी समुदायीक परिचालक बद्री मंडल, चम्पालाल शर्मा, एसपिए राम सागर मेहता, संजय मंडल, विधालयका प्रअ, स्वास्थ्य इन्चार्ज लगायत जम्मा २ सय जनाको सहभागिता रहेको थियो भने कार्यक्रमको संचालन वडा बाल अधिकार समितिका सदस्य राजन ठाकुरले गरेका थिए।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |