राजबिराज, ३ फागुन । सप्तरीका नवआगन्तुक प्रहरी उपरीक्षक नरेन्द्र कुमार कार्कीले सप्तरीको शान्ति सुरक्षा लाई चुस्तदुरुस्त बनाउन प्रतिबद्ध रहेको बताएका छन् । बुधवार जिल्ला प्रहरी कार्यालय सप्तरीले आयोजना गरिएको सञ्चारकर्मीहरू सँगको अन्तरक्रिया कार्यक्रममा सो कुरा बताएको हो ।
उनले भने, स्थानीय सरकारले आफ्नो जिम्मेवारी बोध गरिदिएमा जिल्ला प्रहरी कार्यालयले २४ घण्टै सहयोग र सहकार्य गर्न तयार रहेको छ । मिटर ब्याजीको सम्बन्धमा उजुरी परेको निवेदनमा सत्य तथ्य बुझी र्कावाहिको लागी प्रक्रिया अगाडि बढाउने, लागूऔषध दुर्व्यसनी नियन्त्रण गर्न हर सम्भव प्रहरी लागि परेकोले सबैको सहयोग अपरिहार्य रहेको बताए । सञ्चारकर्मीहरूलाई समाचार सम्प्रेषणका लागि सूचना लाई प्रभावकारी बनाई सहज रूपमा उपलब्ध गराउने प्रतिबद्धता समेत जनाएको छ ।
उक्त कार्यक्रममा नेपाल पत्रकार महासँघका केन्द्रीय सदस्य ललिता साह, पूर्व केन्द्रीय सदस्य अबधेश झा, पत्रकार महासँघ सप्तरीका अध्यक्ष श्रवण देव, पुर्व अध्यक्ष बैधनाथ झा, उपाध्यक्ष बैधनाथ यादब, सचिव रामनाायण बिश्वास, मनोहर पोखरेल लगायत सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |