राजबिराज, ६ फागुन । शिवरात्रि तथा सेना दिवसको अवसरमा राजबिराजमा वृहत सरसफाइको आयोजना गरी मनाइएको छ । शनिवार जिल्ला प्रशासन कार्यालय, राजबिराज नगरपालिका, बरख गण, जिल्ला प्रहरी कार्यालय सहितको आयोजना संयुक्त सरसफाइ गरेको हो ।
राजबिराजको गजेन्द्र चौक क्षेत्र, राजदेबी मन्दिर सहितको ठाउँ सरसफाइ गरेको बरख गणका गणपति दुर्गाबहादुर थापाले बताए । राजबिराज नगर कावा नगरप्रमुख ईसरत प्रविणले सरसफाइ गरेको कार्य उपलब्धि मूलक बनाउन तथा सर्वसाधारणमा चेतनामा पहुँच पुर्याउन र आफ्नो घरवरिपरी सरसफाइ गर्नु सबै नैतिक दायित्व रहेकोले नगरको वातावरण, स्वक्ष सुन्दर बनाउनु सबैको जिम्मेवारी रहेको बताइनँ ।
बृहत् सरसफाइ कार्यक्रममा प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाको संयोजकत्वमा राजविराज नगरपालिका कावा नगर प्रमुख ईसरत प्रविण बरख गण प्रमुख सेनानी दुर्गा बहादुर थापा, प्रहरी उपरीक्षक नरेन्द्र कुमार कार्की, सश्स्त्र प्रहरी उपरीक्षक तिर्थ राज पौडेल, राष्ट्रिय अनुसन्धान विभाग प्रमुख, कर्मचारी मिलन केन्द्र अध्यक्ष मनोज कुमार यादव ज्यु राजबिराज नगरपालिकाको निमित्त कार्यकारी अधिकृत निरजन यादव, पुर्ब मेयर शैलेश चौधरी, राजबिराज नगरपालिका वडा न २ वडा अध्यक्ष अरुण यादव, सप्तरी युथ नेपालका मोहन यादव, बिष्णु कुमार यादव लगायतका राजनीतिक दलका प्रतिनिधि, सप्तरी जिल्लाको सम्पूर्ण कार्यालयका प्रतिनिधि तथा बिभिन्न ब्यक्तिहरूको सहभागिता रहेको थियो ।
यसैगरी सप्तरी युथ नेपाल, नेपाल प्रहरी, सशस्त्र प्रहरी, र नेपाली सेनाको लगायत राजविराज नगरपालिकाको सर सफाई कर्मी हरूको उपस्थितिमा राष्ट्रिय प्रजातन्त्र दिवसको पुर्व सन्ध्यामा सरसफाईको आयोजना गरिएको सप्तरी युथका अगुवा बिष्णु यादबले जानकारी दिए ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |