राजविराज, ९ फागुन । सप्तरीमा एक महिलाले एकै पटक तीन सन्तानको जन्म दिएकी छन् । सप्तरीको रुपनी गाउँपालिका वडा नम्बर १ रायपुरकी सरस्वती रामले मंगलबार दिउँसो एकै पटक तीन शिशुलाई जन्म दिएकी हुन् ।
प्रसुती व्यथा लागेपछि धरान लगिएको सरस्वतीले वि.पि. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा दुई जना छोरा र एक जना छोरी जन्माएकी छन् ।
आर्थिक अवस्था कमजोर भएकोले जन्मेका बच्चाहरूलाई आफू र श्रीमानले हुर्काउन नसक्ने भन्दै सहयोगको अपिल गरेका छन् ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |