राजविराज, १४ फागुन । सप्तरीमा प्रहरीले बालुवा ओसारपसार कार्यमा संलग्न १ वटा ट्रेक्टरलाई नियन्त्रणमा लिएको छ । आइतबार दिउसो अन्दाजी दुई बजे सप्तरीको कंचनरुप नगरपालिका १ महादेवपट्टीबाट ट्याक्टरलाई प्रहरीले नियन्त्रणमा लिएको जानाएको छ ।
पक्राउ गरिएको स १ त २४९४ नम्बर को ट्याक्टरमा लोड गरि लैजाँदै गरेको अवस्थामा इलाका प्रहरी कार्यालय कन्चनपुरको टोलीले उक्त बालुवा लोड भएको ट्याक्टर र चालकलाई नियन्त्रणमा लिएको, जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
पक्राउ गरिएका ट्रयाक्टरलाई कारबाहीका लागि कंचनरुप नगरपालिकामा पठाइनै प्रहरीले बताएको छ ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |