राजविराज, १६ फागुन । सप्तरीमा एक किशोरीले विषादी सेवन गरी आत्महत्याको प्रयास गरेकी छिन् ।
डाकनेश्चरी नगरपालिका-६ बस्ने शिवनारायण रजकको छोरी वर्ष १६ की ज्योति कुमारी रजकले मंगलबार दिउसो साढे ३ वजे तिर ए-वन नामको विषादी सेवन गरी आत्महत्याको प्रयास गरेकी प्रहरीले जनाएको छ ।
विषादी सेवन गरी बिरामी भएकी रजकको गजेन्द्र नारायण सिह अस्पताल राजविराजमा उपचार भइरहेको र घटनाको सम्बन्धमा आवश्यक अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |