राजबिराज, २४ फागुन । महिलाहरू आफैं जागरुक भई आफ्नो हकअधिकार सुनिश्चितताका लागि महिलाहरू आफैं सचेत हुनुपर्नेमा जोड दिएका छन् ।
बुधवार राजबिराज नगरपालिकाको सहयोगमा तथा जिल्लाका विभिन्न संस्थाहरू द्वारा आयोजित ११३ औ नारी दिवसमा सो कुरा बताएको हो । कार्यक्रममा कावा नगरप्रमुख ईसरत प्रविणले महिलाको हक, अधिकार र सम्मानको लागि एकजुट हुनुपर्नेमा जोड दिइनँ ।
पुरुषले आफ्नै श्रीमतीलाई संस्कार, परम्परा र प्रचलनको नाउँमा घरभित्र राखेर महिलामा हुने क्षमतालाई बाहिर नलाए सम्म घर, परिवार र समाजको विकास हुन नसक्ने बताइनँ । महिलालाई शिक्षा दिई आत्म निर्भर बनाउनु पर्नेमा जोड दिईन ।
पुरुषले जबसम्म आफ्नी पत्नीमाथि विश्वास गर्न सक्दैन तबसम्म न त उसको घर सुन्दर रहन्छ न त समाज नै व्यवस्थित हुने आफ्ना आमा-बहिनी र श्रीमतीलाई पनि विश्वास गर्न नसक्नेले कसरी सुन्दर समाज र सुखी परिवारको कल्पना गर्न सक्दछ रु अनि कसरी त्यस्ता पुरुषले सभ्य र समतामूलक समाज बनाउलान् रु हो, लोग्ने-स्वास्नी बीचको सम्बन्ध विश्वासमा अडिएको हुन्छ ।
त्यसलाई अड्याउने जिम्मा दुवैको हुन्छ । यो एउटा घरभित्र मात्र व्यवस्थित भएर हुँदैन समाजमा नै त्यसको विशिष्ट स्थिति निर्माण हुनुपर्दछ । यसका लागि पुरुष र महिला दुवैको महत्वपूर्ण भूमिका रहन्छ उनले बताइनँ । यसको मुख्य कारण महिला आफैँमा आर्थिक रूपमा आत्मनिर्भर हुन नसक्नु र सामाजिक वा कानुनी रूपमा पूर्णतया सुरक्षित हुने वातावरण नहुनु नै हो । त्यसैले नारीलाई त्यो सामाजिक र कानुनी हकका साथै सुरक्षित वातावरण निर्माण गरिदिनु समाजकै दायित्व हो ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले महिलालाई शिक्षा सँगै आत्मनिर्भर भए सबै बिभेदको अन्त हुने बताए । अधिकारकर्मी मनोहर पोखरेलले पुरुष प्रधान समाजको चारित्रिक बनावटमा सुधार नआउँदासम्म महिला हक, अधिकारका सवाल केवल नारामै सीमित हुने बताए ।
यसैगरी अधिकारकर्मी तथा पत्रकार सुधा देवले ग्रामीण भेगका महिलाहरूलाई शिक्षित र आत्मनिर्भर बनाई हिंसा मुक्त समाज निर्माण गर्न सकिने बताइनँ । अहिले पनि ग्रामीण भेगका महिलाहरूमा शिक्षाको कमी कारण बालबालिकाहरू बिधालयवाट बन्चित रहेकाले महिलालाई शिक्षामा पहुँच पुराउनुपर्नेमा जोड दिइनँ ।
सो अवसरमा अधिकारकर्मी अनिता देवकोटाको अध्यक्षतामा आयोजित अन्तरक्रियामा कानुन ब्यवसायी मनु खनाल,अबकास शिक्षिका मन्जु श्रेष्ठ,संचारकर्मि प्रिया सिँह थारू, नानी मैयाँ कटुवाल,दिनानाथ यादब लगायतले शुभकामना मन्तब्य दिएका थिए ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |