राजबिराज, २७ फागुन । श्री महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पस राजबिराजमा स्ववियु निर्वाचनको रिपोर्टिङ गर्न पत्रकारलाई अवरोध गरेका छन् ।
यही चैत्र ५ हुने स्ववियु निर्वाचन अन्तर्गत मनोनयन दर्ताको लागि बिधार्थी संंघ-संगठनले क्याम्पसमा मनोनयनको रिपोर्टिङ गर्न पत्रकारहरूलाई निर्वाचन अधिकृत रामअशिष यादबले रोक लगाएको हो । यादब अनुसार सुरक्षा निकायको निर्णय अनुसार संचारकर्मिलाई रिपोर्टिङ गर्न आदेश नभएको भनाई छ ।
यता नेपाल पत्रकार महासँघ शाखा सप्तरी अध्यक्ष श्रवण देवले रिपोर्टिङमा संचारकर्मिलाई रोक लगाउनु प्रेस अभिव्यक्ति स्वतन्त्रता प्रति ठाडो प्रहार भएको भन्दै घोर भर्त्सना गरेको छ ।
समाचार संकलनका लागि सहज वातावरण बनाउन आग्रह गर्दै त्यसो नगरे कडा कदम चाल्ने अध्यक्ष देवले बताए ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |