राजविराज, २८ फागुन । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकाका कर्मचारीहरू जनप्रतिनिधिको व्यवहार प्रति असन्तुष्टि जनाउँदै आन्दोलित भएका छन् ।
कर्मचारीहरूले संयुक्त रुपमा विज्ञप्ति जारी गर्दे जनप्रतिनिधिहरूले सार्वजनिक रुपमा चरित्र हत्या गरेको र अभद्र व्यवहार गर्ने गरेको आरोप लगाउँदै कर्मचारीहरूले कामकाज ठप्प गरेका हुन् ।
समक्ष एवम् नियमानुसार आफ्नो दायित्व वहन गर्ने कर्मचारीहरूमाथि बारम्बार गलत मनसाय राखी कर्मचारीहरूको मनोबल गिराउने तथा हतोत्साहित गर्ने कार्य तुरुन्त बन्द गरी विज्ञप्ति उल्लेख भए शर्तहरू पालन हुने प्रतिवद्धता नहुन्जेलसम्मका लागि कार्यालयको सम्पूर्ण कामकाज विद्यालयको नियमित पठनपाठन, स्वास्थ्य सेवा लगायतका अत्यावश्यक सेवा बाहेक सम्पूर्ण कार्य स्थगित गरिएको व्यहोरा विज्ञप्तिमा भनिएको छ ।
कर्मचारीहरूको सवालमा कानून विपरीतको प्रसङ्गहरू ल्याई हतोत्साहित गर्ने कार्य बन्द गर्नुपर्ने, कर्मचारीहरू उपर गरिने अभद्र व्यवहारहरू रोकिनुपर्ने, कर्मचारी तथा जनप्रतिनिधिहरूको सु–सम्बन्ध कायम गरी सहज परिवेशमा कार्यसम्पादन हुने वातावरण सिर्जना गर्नुपर्ने कर्मचारीहरूले माग उठाएका हुन्।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |