राजबिराज, ३ चैत्र । राजबिराजमा बहुला कुकुरको आतंकले एक दर्जन बालबालिकाहरू घाईते भएका छन् ।
शुक्रवार बहुला कुकुरले टोकेर राजबिराजमा एकै दिन एक दर्जन भन्दा बढी बालबालिकाहरू घाईते भएको हो । बहुला कुकुरले आज बिहान ६ बजे देखि नै बजारमा आतंक मचाउन सुर गरेको थिए ।
बिहान ६ बजे देखि साझ ६ बजे सम्ममा बहुला कुकुरले टोकेर घाईते भएर उपचार गराउन आउनेको संख्या १३ पुगेको अस्पतालका अहेव बिजयकान्त झा बताउँछन् ।
राजबिराजको गजेन्द्र चौक, दशन चौक, सिरहा रोड, हटियामा ४ र५ वटा बहुला कुकुरले बिहान देखि आतंक मचाएको राजबिराज ७ का बिजय साहले बताए ।
बहुला कुकुरको टोकाइबाट राजबिराजका अनुपम खडका जानकी खडगा, दुर्गि देबि खडका, अक्षरस साह, साक्षी साह, गणेश चौरसियाँ, सिवा साह, सावित्री साह रहेका छन् ।
यस्तै छिन्मस्ता गाउपालिकाका प्रतीक झा, कृति झा पनि घाईते भएकी छिन, घाइतेहरूलाई एन्टिरेबिज भ्याक्सिन लगाउनुका साथै आवश्यक उपचार गरिएको अस्पतालका अहेव बिजयकान्त झाले जानकारी दिए ।
यस सम्बन्धमा राजबिराज नगरपालिका कावा नगर प्रमुख ईसरत प्रविणले बहुला कुकुरलाई नियन्त्रण लिन पशु शाखा, स्वास्थ शाखा, र स्विपरलाई खटाईएकाे बताईन ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |