राजबिराज । श्री महेन्द्र विन्देश्वरी बहुमुखी (मबिव) क्याम्पस राजबिराजको स्ववियु निर्वाचनको मतगणना गर्न बसेको बैठकले राजनीतिक दलहरूको सर्वदलीय बैठक निष्कर्ष बिहिन बनेको छ ।
मबिव क्याम्पस प्रशासन, निर्वाचन समिति, प्रशासन, सुरक्षा निकाय बिचको सर्वदलीय बैठकमा एक अर्काले अडान राखेपछि बर्ता बिना निष्कर्ष पुगेको हो ।
वार्तामा नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा समाजवादी र जनमत पार्टीले निर्वाचनमा धाँधली भएको भन्दै पुनः मतदान गर्न अडान लिएको छ ।
यता जसपा र लोसपा र नेकपा माओवादीले निष्पक्ष र शान्तिपूर्ण रूपमा मतदान भएको भन्दै चाडै मतगणना गर्न माँग राखेको छ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |