हरेकृष्ण साह, सप्तरी । राजबिराज भन्सार कार्यालयले साउन महिनायता ८ महिनामा २ करोड ८२ लाख बराबरको राजस्व संकलन गरेको छ ।
चालु आर्थिक वर्ष २०७९/८० को ८ महिनामा राजविराज भन्सार कार्यालयले रु. २ करोड ८२ लाख राजस्व संकलन गरेको हो ।
भन्सार विभागले कार्यालयलाई दिएको उक्त अवधिको लक्ष्य रु. ३ करोड ९१ लाख रहेको छ तर राजस्व संकलन ७२ प्रतिशत मात्र रहेको छ ।
लक्ष्य अनुसार राजस्व संकलन नहुनुको प्रमुख कारण भनेको खुला सिमाना को कारणले हुने चोरी पैठारी तस्करी भएको निमित्त कार्यालय प्रमुख अजय प्रकाश भगत भनाई छ ।
आ.व. २०७९/८० मा वार्षिक लक्ष्य रु. ५ करोड ९९ लाख रहेको छ भने ८ महिना वितिसक्दा राजस्व संलन रु. २ करोड ८२ लाख मात्र रहेको निमित प्रमुख भगतले भने, वार्षिक लक्ष्य पूरा गर्न बाँकी ४ महिना चैत्र देखि असार मसान्तसम्म रु. ३ करोड १७ लाख राजस्व संकलन गर्नुपर्ने छ ।
चालु आ.व.को श्रावण देखि मंसिरसम्म राजस्व संकलन लक्ष्य रु. २ करोड ३४ लाख रहेकोमा असुली रु. ७८ लाख रहेको छ जुन लक्ष्यको ३० प्रतिशत मात्र हो ।
भगत कार्यालय प्रमुख भए यता पुष महिना देखि फाल्गुन महिनासम्म ३ महिनाको राजस्व संकलन लक्ष्य रु. १ करोड ५६ लाख रहेको छ भने राजस्व संकलन प्रगति रु. २ करोड ४ लाख रहेको छ जुन लक्ष्य भन्दा ३० प्रतिशत ले बढी छ ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |